सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

ट्रक दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु


  •    न्युजभित्तो/२२ मंसिर २०७७, सोमबार ०९:३७ 
  • बैतडी, २२ मंसिर । महाकाली राजमार्गअन्तर्गत गोकुलेश्वर–दार्चुला सडकखण्डको मालिकार्जुन गाउँपालिका–१ भर्तोलामा गए राति (आईतबार राती) ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रक चालक बैतडीको दोगडाकेदार गाउँपालिका–५ न्वालीका २४ वर्षीय शेरसिंह कार्की रहेका प्रहरी नायब उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिनुभयो । मृतक अन्य दुईको पहिचान हुन सकेको छैन । उनीहरु सबैको घटनास्थलमै मृत्यु भएको हो

    गोकुलेश्वरबाट दार्चुला सदरमुकाम खलङ्गातर्फ गइरहेको ना ३ ख ३४८५ नम्बरको ट्रक गए राति सवा १० बजे दुर्घटनामा परेको हो । ट्रक सडकबाट झण्डै १२० मिटर तल खसेको छ । ट्रकमा सवार तीनै जनाको मृत्यु भएकाले दुुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । मृतकहरूको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.