सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनका दुई ठाउँमा दुर्घटना, दुईको मृत्यु


  •    न्युजभित्तो/२२ मंसिर २०७७, सोमबार ०९:३३ 
  • चितवन, २२ मंसिर । पूर्वी चितवनमा आइतबार भएका फरक–फरक दुर्घटनामा प्रहरी जवानसहित दुईको मृत्यु भएको छ । मोटरसाइकललाई गाडी र ट्र्याक्टरले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो ।

    जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा एक जना प्रहरी जवान सुजन न्यौपाने रहेका छन् । पूर्व पश्चिम राजमार्गअन्तर्गत राप्ति नगरपालिका–६ मा पूर्वतर्फ जाँदै गरेको ना ३७ प ५५४५ नम्बरको मोटरसाइकललाई ना ६ त ३३८१ नम्बरको ट्र्याक्टरले ठक्कर दिएको थियो । ट्र्याक्टरको ठक्करबाट सिन्धुलीको इलाका प्रहरी कार्यालय खुर्कोटमा दरबन्दी भई इलाका प्रहरी कार्यालय भण्डारामा कार्यरत ३३ वर्षीय न्यौपानेको मृत्यु भएको हो । राति ८ बजे भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा राति मृत्यु भएको हो । न्यौपाने मकवानपुरको आमभञ्ज्याङका रहेको प्रहरीले जनाएको छ ।

    यस्तै गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका–७ का ३५ वर्षीय विजेन्द्र चौधरी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार पूर्वपश्चिम राजमार्गअन्तर्गत खैरहनी नगरपालिका–१ बहेडाचोकमा ग १ च ९७२१ नम्बरको स्कारपियो गाडीले ना २९ प ९७०८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

    मनहरीबाट भरतपुरतर्फ आउँदै गरेको गाडीले विपरीत दिशाबाट गइरहेको मोटरसाइकललाई ठक्कर दिएको थियो । गाडीको ठक्करबाट घाइते चौधरीको उपचारका क्रममा भरतपुर अस्पतालमा राति मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर खाने दुवै सवारी साधन र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    • दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    • कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.