सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नाट्टाको उद्देश्य पर्यटन क्षेत्रलाई चलायमान बनाउने


  •    न्युजभित्तो/२१ मंसिर २०७७, आईतवार १६:३२ 
  • पोखरा, २१ मङ्सिर । कोभिड–१९ ले सुस्ताएको पर्यटन क्षेत्रलाई चलायमान बनाउने उद्देश्यका साथ निस्किएको नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्स (नाट्टा) गण्डकी प्रदेशकोको टोली चार दिने भ्रमणपछि पोखरा फर्किएको छ । नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा निस्किएको टोलीले गोर्खा र तनहुँका पर्यटकीय गन्तव्यको अवलोकनसहित स्थानीय जनप्रतिनिधि, पर्यटन व्यवसायी र सरोकारवालासँग अन्तक्र्रिया गरेर आन्तरिक पर्यटन प्रवद्र्धनको लागि सहकार्य र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरेको संस्थाका महासचिव कमला गिरीले जानकारी दिनुभयो ।

    उहाँका अनुसार भ्रमणको पहिलो दिन गोर्खाको प्रसिद्ध मनकामना मन्दिर, सिद्ध गुफा, बक्रेश्वरी, शहीद लखन पार्क, अवलोकन गरी शहीद लखन थापा गाउँपालिकाका जनप्रतिनिधि र स्थानीय सरोकारवालासँग अन्तक्र्रिया गरेको थियो । गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापा मगरले उक्त क्षेत्रका पर्यटकीयस्थलको जानकारी दिँदै कोभिड–१९ का बीच पर्यटन प्रवद्र्धनको अभियानमा जुट्न सकारात्मक भएको बताउनुभयो । उक्त टोलीले गोर्खामा रहेका गोखरकाली, मन्दिर र आसपासका गन्तव्यको दृश्यवलोकन गरी गोर्खा नगरपालिकाका प्रमुख राजनराज पन्तसँग पोखरा र गोर्खाको पर्यटन प्रवद्र्धनमा कसरी साझेदारी गर्ने भन्ने विषयमा छलफल गरेको थियो ।

    गोर्खाको सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टलाई भूकम्पको इपिसेन्टरको विषयमा देखिएको अन्योलका विषयमा व्यवसायीले जिज्ञासा राखेका थिए । एकै क्षेत्रका धार्र्चे गाउँपालिका र सुलिकोट गाउँपालिकाले भूकम्पको इपिसेन्टरको दाबी गर्नुभन्दा सत्यतथ्य बाहिर ल्याएर पर्यटकीय गन्तव्यको विकासका लागि साझा धारणासहित अघि बढ्न नाट्टाले सुझाव दिएको थियो ।

    टोलीले गैरआवासीय नेपाली सङ्घले भूकम्पपीडितका लागि धार्चे गाउँपालिका–४ लाप्राकमा निर्माण गरेको नमूना बस्ती पुगेर आसपासका हिमशङ्खला र पदमार्गको बारेमा जानकारी लिएको थियो । स्थानीय पर्यटन व्यवसायी रामकुमार गुरुङ र राजकुमार गुरुङले त्यस क्षेत्रका प्रमुख गन्तव्यका बारेमा तयार गरिएको वृत्तचित्र देखाएर पर्यटन प्रवद्र्धनमा सँगसँगै हातेमालो गर्न तयार रहेको बताउनुभयो ।

    तेस्रो दिन पालुङटार नगरपालिका प्रमखसँग भेटघाट गरी उक्त क्षेत्रका पर्यटकीय गन्तव्यका बारेमा जानकारी लिइएको थियो । नगर प्रमुख ई दीपकबाबु कँडेलले अमेरिकामा भन्दा पहिलो प्रजातन्त्रको अभ्यास भएको जिल्ला भएको उल्लेख गर्दै धार्मिक ऐतिहासिक र सांस्कृतिकसँगै प्राकृतिक रुपमा त्यस क्षेत्रमा भएका पर्यटकीय गन्तव्यको जानकारी दिनुभएको थियो ।

    नाट्टाको टोलीले लिगलिगकोटको दृश्यावलोकनसहित त्यसको ऐतिहासिक पृष्ठभूमिको बारेमा जानकारी लिएको थियो । कार्यक्रमको अन्तिम दिन बन्दिपुरको मौलिक परम्पराको जानकारी लिँदै छाब्दीबाराही मन्दिरको दर्शन र पछिल्लो समय निकै चर्चामा रहेको तनहुँको मानहुँकोटको अवलोकन गरिएको थियो ।

    सो लगत्तै ग्रामीण पर्यटनको प्रवद्र्धनसहित शुक्ला गण्डकी नगरपालिका–२ स्थित भुजिकोटमा पुगेर त्यस क्षेत्रका पर्यटकीय गन्तव्यका बारेमा जानकारी लिएको थियो । कार्यक्रममा शुक्लागण्डकी नगरपालिका प्रवक्ता खिमबहादुर कुमाल र उक्त वडाका वडाध्यक्ष जगतबहादुर गुरुङले सो क्षेत्रको पर्यटकीय गन्तव्य र धार्मिक महत्वका बारेमा जानकारी गराउनुभएको थियो ।

    पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराईलाई कोरोनाको त्रासबाट माथि उठेर अब स्वास्थ्य सतर्कतासहित पर्यटन क्षेत्र चलायमान गराउन नाट्टाको कार्यक्रमले सकारात्मक सन्देश प्रवाह गरेको बताउनुभयो । नेपाल पर्यटन बोर्ड गण्डकीका अधिकृत जयशक्ति सराफले भ्रमणले पहिचान भएका र हुँदै गरेका पर्यटकीय गन्तव्यकोे प्रवद्र्धनमा भूमिका खेलेको जनाउँदै बोर्डले पर्यटन प्रवद्र्धनमा सहयोग गर्न सधँै तयार रहेको धारणा राख्नुभयो ।

    संस्थाका अध्यक्ष सञ्जयकान्त सिग्देलले स्वास्थ्य सतर्कता अपनाउँदै थालिएको पर्यटन पुनःउत्थान कार्यक्रम निकै उत्साहका साथ सफल भएको बताउनुभयो । उहाँले एक जिल्लाले अर्को जिल्लाको भ्रमण गरेर त्यस क्षेत्रका गन्तव्यको बारेमा प्रचारप्रसार गर्न सके सुस्ताएको पर्यटन विस्तारै लयमा फर्किने विश्वास व्यक्त गर्नुभयो ।

    उक्त कार्यक्रमका संयोजक एवं संस्थाका द्धितीय उपाध्यक्ष किशोर दाहालले आन्तरिक पर्यटन पुनःउत्थान गर्ने उद्देश्यसहित छिमेकी जिल्लाको स्थलगत भ्रमण निकै फलदायी रहेको बताउनुभयो । उहाँले टोलीमा पोखरा पर्यटन परिषद्का अध्यक्ष, नाट्टाका पूर्व अध्यक्ष, नेपाल पर्यटन बोर्ड गण्डकीका अधिकृत, पत्रकार र संस्थाका सदस्यसहित २४ जनाको सहभागिता रहेको जानकारी दिनुभयो । (रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाँकेमा १५६ विभिन्न वन्यजन्तुको उद्धार
    नेप्से परिसूचक २६ अङ्कले घट्यो
    गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका सबै ठूला घर भत्काइयो
    • सीमा निर्धारणमा भएको ढिलाइले बेनीमा सडक आयोजना प्रभावित
    • नदीमा माछा पाइन छाडेपछि पुर्ख्यौली पेसा सङ्कटमा
    • नेपालगन्ज विमानस्थलमा आजदेखि निःशुल्क ट्रलीबस सेवा सुरु
    • व्यवसायी गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन आदेश

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.