सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

ताप्लेजुङको विद्यालयमा पठनपाठन शुरु


  •    न्युजभित्तो/२१ मंसिर २०७७, आईतवार १६:२० 
  • फुङलिङ, २१ मङ्सिर। ताप्लेजुङको मैवमाखोला गाउँपालिकाले आजबाट सबै विद्यालयमा पठनपाठन शुरु गरेको छ । विद्यालयमा कार्यरहत शिक्षकले पोशाक नलगाएर विद्यालय आए भत्ता गाउँपालिकाले रोक्का गर्ने भएको छ ।

    लामो समय कोरोना भइरसका कारणले विद्यार्थीको पठनपाठनमा प्रत्यक्ष असर परिरहेकाले आजदेखि औपचारिक विद्यालय खोल्ने निर्णय गरिएको गाउँलिकाका प्रवक्ता र्थुककुमार चोङवाङले बताउनुभयो । सबै विद्यालयमा आवश्यक स्वास्थ्य सामग्री गाउँपालिकाले उपलब्ध गराइ दिने प्रवक्ता चोङवाङले बताउनुभयो ।

    कक्षा ८ देखि १२ सम्मका विद्यार्थीलाई बिहान कक्षा सञ्चालन हुने भएको छ । कक्षा ८ देखि तलका विद्यार्थीलाई दिउँसो कक्षा सञ्चालन गर्ने निर्णय गरिएको प्रवक्ता चोङवाङले बताउनुभयो । शिक्षकलाई तोकिएको पोशाक अनिर्वाय लागाएर मात्र विद्यालय हाजिर हुनुपर्ने शिक्षा शाखाका प्राविधिक सहायक अर्जुनकुमार घिमिरेले जानकारी दिनुभयो । पोशाक लगाए÷नलगाएको बारे छड्के अनुगमन गर्ने र तोकिएको पोशाक नलगाउने शिक्षकको पोशाक भत्ता कटौती गर्ने निर्णय गाउँपालिकाले गरेको घिमिरेले बताउनुभयो ।

    गाउँपालिकामा माध्यमिक विद्यालय पाँच, निम्नमाध्यमिक विद्यालय तीन, आधारभूत विद्यालय २० गरी जम्मा २८ सामुदायिक विद्यालय सञ्चालनमा रहेको शिक्षा शाखा प्रमुख कोम्देनले बताउनुभयो ।(रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.