सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

छिल्लीकोटमा आउने पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै


  •    न्युजभित्तो/२१ मंसिर २०७७, आईतवार १२:२२ 
  • तुलसीपुर, २१ मङ्सिर । दाङको पर्यटकीय क्षेत्र तुलसीपुर उपमहानगरपालिका– १९ छिल्लीकोटमा आउने पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । पन्ध्रौँ/सौह«ौ शताब्दीमा राजा मेघनाथ शाहले राज गरेको ऐतिहासिक ठाउँको अवलोकन गर्न आउनेको घुइँचो लाग्ने गरेको स्थानीयवासी पूर्ण पुनले बताउनुभयो ।

    “अहिले बेलझुण्डी र सङ्ग्राम ब्यारेक हुँदै दुई सडक प्रयोग गरेर पर्यटक आउने गर्छन्, त्यहाँबाट सात किलोमिटर हिँडेपछि छिल्लीकोट पुगिन्छ”, उहाँले भन्नुभयो, “अर्को छिल्लीकोट पुग्ने पर्यटनमार्ग अहिले कालोपत्र भइरहेको छ, त्यो सडक कालोपत्र भए झनै थामिनसक्नु भीड हुने देखिन्छ, अहिले पनि छिल्लीकोट आउनेको निकै भीड लाग्ने गरेको छ ।” अहिले पनि कहिलेकाँही दैनिक एक हजार ५०० सम्म पर्यटकले अवलोकन गर्ने गरेको उहाँको भनाइ छ ।

    अहिले छिल्लीकोटमा निर्माण भएको दृश्यावलोकन स्तम्भ, कालिका–मालिका मन्दिर, राजा बसेको दरबारको भग्नावशेष, छिल्लीकोटबाट देखिने सिस्नेलगायतका हिमाल, दाङका फाँट, सल्यान, रोल्पा, रुकुमका पहाडी भेग, नेपालको एक मात्र ठाउँ छिल्लीकोटमा पाइने मल्लागिरीलगायत अवलोकन गर्न त्यहाँ पर्यटक पुग्ने गर्छन् ।

    अहिले छिल्लीकोटले राज गरेको ठाउँमा एउटा मन्दिर निर्माण भइरहेको छ । अर्को कालिका–मालिकादेवी भगवतीको मन्दिर निर्माण भइरहेको छ । मन्दिर पुग्नका लागि सिँढी पनि निर्माण गरिएको छ । लुम्बिनी प्रदेश सरकारको लगानीमा मन्दिर निर्माणसँगै सिँढी निर्माण भएको हो ।

    अहिले फाटफुट रुपमा स्थानीय खाना पाइने पसल पनि सञ्चालन भइरहेका छन् । घरबास सञ्चालनको तयारी पनि भइरहेको छ । “हामीले अहिले घरबास सञ्चालनका लागि तयारी पनि गरेका छौंँ, घरबास पनि दर्ता गरिसकेका छौं”, दृश्यावलोकन स्तम्भ निर्माण समितिका अध्यक्षसमेत रहनुभएका प्रवीर पुनले भन्नुभयो, “अहिले बजारबाट स्थानीय खाना खोज्दै पनि अवलोकनर्ता आउने गर्छन् ।”

    अहिले त्यहाँ मादल बज्ने गुफा पनि भेटिएको छ । त्यो गुफा पनि अवलोकन गर्ने केन्द्रका रुपमा विकास भएको छ । मन्दिरमा धेरै मानिस भेला भएका बेला हावा फाल्ने गुफा पनि छ । त्यो पनि एउटा अवलोकन केन्द्रका रुपमा विकास भएको स्थानीयवासी ओमप्रकाश पुनले बताउनुभयो । अहिले त्यहाँ केबुलकार निर्माण पनि गरिने भएको छ । त्यसका लागि सम्भाव्यता अध्ययन भइरहेको उहाँले जानकारी दिनुभयो । (रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    निर्वाचन प्रणालीलाई थप व्यवस्थित बनाउन एकीकृत कानुन आवश्यकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
    ‘बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार’
    आज पनि घट्यो नेप्से परिसूचक
    • तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश
    • मधेसको खानेपानी सङ्कट समाधानमा संसदीय समितिको जोड
    • अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना
    • अटो चलाएर आत्मनिर्भर बन्दै महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.