सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सद्बभाव युवा समाज कतारको आयोजनमा र गीतानगर जेसिजको संयोजकत्वमा रक्तदान कार्यक्रम सम्पन्न


  •    न्युजभित्तो/२१ मंसिर २०७७, आईतवार ११:२० 
  • रविन देवकोटा, चितवन । सद्बभाव युवा समाज कतारको आयोजनमा र गीतानगर जेसिजको संयोजकत्वमा हिजो भरतपुर ६ गीतानगरमा खुल्ला बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

    गीतानगर जेसिजका संस्थापक अध्यक्ष तथा बर्ष २००८का राष्ट्रिय अध्यक्ष जेसि आइ सिनेटर दिनेश कोइरालाको प्रमुख आतिथ्यतामा सम्पन्न सो रक्तदान कार्यक्रममा ५१जनाले रक्तदान गरेको कार्यक्रम संयोजक अर्जुन पौडेलले जानकारी दिनुभयो। सो रक्तदान कार्यक्रममा सहयोगी संस्थाको रुपमा प्रतिनिधित्व गर्दै नेपाल रेडक्रस सोसाइटी उपशाखा गीतानगरका सभापति रुद्र अधिकारी,युवा रेडक्रस सर्कल अरुणोदय कलेजका सभापति रविन देवकोटा,गीतानगर बजार व्यवस्थापन समितिका प्रतिनिधि लगायतको व्यक्तित्वहरु अतिथिको रुपमा रहनु भएको थियो सो रक्तदान कार्यक्रम गीतानगर जेसिज बर्ष २०२०का अध्यक्ष युवराज अधिकारीको सभापतित्वमा सम्पन्न भएको थियो।

    श्री सद्भभाव युवा समाज कतारले आयोजाना गरेको दशैतिहार भाग्यशाली चिट्ठा कार्यक्रमबाट बचेको रकमले आफ्नो सामाजिक उतरदायित्व अन्तर्गत देशका विभिन्न स्थानहरु मा रक्तदान कार्यक्रम गर्ने र मानव सेवा आश्रम को लागि आजिबन सदस्यता ग्रहण गरि सहयोग गर्ने लक्ष्य रहेको छ । मरुभूमिमा रोजगारीको सिलसिलामा कतारको एयरपोर्टमा काम गर्ने साथीभाइलाई भैपरी आउने समस्यामा सहयोग गर्न भनि २००८ मा स्थापना भएको यस संस्थाका सदस्यहरुले आफ्नो पारिश्रमिकबाट समाज सेवालाई भनेर छुट्याएको रकमबाट देशमा आइपरेका विपत्तिमा सहयोग गर्दै आएको छ । बाडि पहिरो मा लमजुङ , गुल्मि र म्याग्दी तत्काल केही रहात , स्व।सुशील कोईराला को हातबाट भुकम्पमा १६ लाख रुपैया प्रधानमन्त्री राहात कोषमा , नेपाल आबिस्कार केन्द्र मा माहाबिर पुन लाई ६ लाख , रबिलामिछाने द्वारा बन्दै गरेको कालिकोटमा रास्कोट हस्पिटललाई १०लाख २०हजार ५सय लगायत बिदेसमा अलपत्र परेकाहरुलाइ केही सहयोग , मृगौला पडितहरुलाई धेरै मात्रा मा सहयोग गरिरहेको र भविश्यमा पनि संस्थाले यस्ता सामाजिक कार्य जारी राख्ने छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.