सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नगद नै दाइजो दिन बाध्य


  •    न्युजभित्तो/२१ मंसिर २०७७, आईतवार १०:०३ 
  • टीकापुर, २१ मङ्सिर । कैलालीको टीकापुर नगरपालिका–५ का झरना रिमाललाई विवाहको निम्तो कार्ड आयो । झरनाकै आफन्त पर्नेले पठाएको कार्डको तलपट्टि लेखिएको थियो ‘कृपया जिन्सी सामान ल्याउने कष्ट नगर्नुहोला ।’ आफ्नो परिवार वा आफन्तका छोरीको विवाह हुँदा सरसामान नै दाइजो दिने झरनालाई यो कार्डले नगद नै दाइजोमा दिन बाध्य बनायो ।

    “कार्डमै सामान नदिनु भनिएको छ, यसको अर्थ नगद नै दिनुहोला भनेको हो नि”, झरनाले भन्नुभयो, “रकम दिए काम लाग्छ, सामान राख्ने ठाउँ अभाव हुन्छ भनेर होला । आजभोलि अधिकांशले दाइजोमा सामान लिन मान्दैनन् ।”

    टीकापुरकी टङ्कमाया पोखरेललाई पनि साथीको विवाहको निम्ता कार्ड आयो । कार्डमा जिन्सी सामान नल्याउन र सामाजिक दूरी कायम गरेर आउन उल्लेख गरिएको छ । “सामान आफूले चाहेजस्तो किनौँ भन्ने हुन्छ, आजभोलि मानिसले दाइजो नगद नै होस् भन्ने चाहन्छन्”, टङ्कमायाले भन्नुभयो, “सरसामान बोक्न झन्झट हुन्छ, रुपैयाँ भए काम लाग्छ भनेर नगद नै चाहनेहरु बढेका छन् ।”

    विगतमा जिन्सी सामान दाइजोले भरिने विवाहमा आजभोलि जिन्सी सामान कमै देखिन्छन् । समाजशास्त्री शिवचरण चौधरी विगतमा कसको दाइजो कति आयो भनी हेर्ने समाज विस्तारै परिवर्तन हुँदै गएको बताउनुहुन्छ । “केही वर्ष पहिला दुलही ल्याएमा दाइजो हेर्ने गाउँले जम्मा हुन्थे तर आजभोलि समय परिवर्तन भएको छ”, समाजशास्त्री चौधरीले भन्नुभयो, “आजभोलि हुने विवाहमा दुलही कति पढेकी छ, कहाँ जागिर गर्छ भन्ने चर्चा हुन्छ । यो विवाह संस्कारमा आएको सकारात्मक परिवर्तन हो ।” समाजशास्त्री चौधरीका अनुसार समाजले पढेलेखेकी र जागिरे बुहारी खोज्न थाल्नुले छोरीको महत्व बढेको छ ।

    नेपालको कानूनले दाइजो लेनदेन गर्नु अपराध मानेको छ तर नेपाली समाजमा दाइजो प्रथा अझै कायम छ । विगतजस्तो दाइजो दिनेलिने चलन केही परिवर्तन भए पनि अन्त्य भने हुनसकेको छैन । आफ्नो परम्परादेखि चलिआएको सामान्य उपहार, भेटी, दक्षिणा वा शरीरमा लगाएको एकसरो गहनाबाहेक विवाह गर्ने दुलहा वा दुलहीका तर्फबाट कुनै किसिमको चल, अचल, दाइजो वा कुनै सम्पत्ति माग गरी वा लेनदेन शर्त राखी विवाह गर्न वा गराउन नमिल्ने भए पनि अझै दाइजो प्रथा अन्त्य नहुनुले पनि महिलामाथि हिंसा बढिरहेको अधिकारकर्मी नयनतारा श्रेष्ठ बताउनुहुन्छ । “परिपक्व बनाएकी छोरीको कमाइखाने बेला अर्काको घर पठाउनुपर्छ”, श्रेष्ठ भन्नुहुन्छ, “पढेलेखेकी, जागिरे छोरी विवाह गरी पठाउँदा पनि सरसामान भरिभराउ गरेर पठाउने चलन गलत होइन त रु”

    सामाजिक व्यवहार ऐन, २०७५ मा विवाह गर्दा दाइजो लिन दिन नहुने उल्लेख छ तर समाजमा कार्यान्वयन हुनसकेको छैन । जन्ती जाँदा बाजागाजासहित ५१ जनाभन्दा बढी लैजान नहुने पनि ऐनमा उल्लेख छ । केटा वा केटी पक्षले विवाहभोजमा नजिकका नातेदारबाहेक छरछिमेक र इष्टमित्रमध्ये ५१ जनाभन्दा बढीलाई आमन्त्रण गर्न नपाइने व्यवस्था छ ।

    “विवाहसम्बन्धी ऐनले छोरीको विवाह गर्दा अभिभावकलाई आर्थिक भार खप्नै नसक्ने अवस्था आउन नदिन केही सहयोग गरेको छ”, शिक्षक हस्तलाल चौधरी भन्नुहुन्छ, “नेपाली समाजमा धेरै छोरी दाइजोकै कारण हिंसा सहन बाध्य छन् । यसलाई रोक्न सबैभन्दा पहिले अभिभावक सचेत बन्नुपर्छ ।”

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    • दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    • कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.