सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

विद्यार्थीलाई न्यायो कपडा वितरण


  •    न्युजभित्तो/२१ मंसिर २०७७, आईतवार ०९:५७ 
  • गण्डकी, २१ मङ्सिर । पोखरा महानगरपालिका–२० मौजास्थित हिमालय माध्यमिक विद्यालयका विद्यार्थीलाई चिसो मौसममा न्यायो कपडा वितरण गरिएको छ । लायन्स क्लब अफ पोखरा गोल्डेन सोसाइटीद्वारा विद्यालयका २६ विद्यार्थीलाई जाडोमा लगाउने कपडा वितरणसहित बाल स्वास्थ्य शिविरको आयोजना गरेको हो ।

    कार्यक्रममा वडाध्यक्ष सिम गुरुङले विकट बस्तीमा शिक्षा, स्वास्थ्य तथा खानेपानी, वृक्षरोपणजस्ता आधारभूत आवश्यकतालाई प्राथमिकता दिँदै आएको लायन्स क्लबसँग आगामी दिनमा पनि सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हुमबहादुर गुरुङ, लायन्स क्लब अफ पोखरा गोल्डेन सोसाइटीका जिएलटी को–अर्डिनेटर किशोर बराल, सोही क्लबका सभापति सविता आचार्य र जोन चियर पर्सन निर्मला आचार्यले लायन्सको महत्वमाथि प्रकाश पार्नुभएको कार्यक्रममा भलाम स्वास्थ्यचौकीका स्वास्थ्य सहायक विष्णुराज घिमिरे विद्यार्थीको स्वास्थ्य परीक्षण गर्नुभएको थियो । (रासस) 

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.