सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मुग्लिनमा निःशुल्क कपडा वितरण केन्द्र सञ्चालन


  •    न्युजभित्तो/२१ मंसिर २०७७, आईतवार ०७:४६ 
  • मुग्लिन (चितवन), २१ मंसिर । चितवनको इच्छाकामना–५ मुग्लिनमा निःशुल्क कपडा वितरण केन्द्र सञ्चालन गरिएको छ । ‘सहयोगी दाताहरुको जाओस् ध्यान, निःशुल्क कपडा वितरण केन्द्र हाम्रो अभियान’ भन्ने मूल नाराका साथ उक्त केन्द्र शनिबारदेखि सिर्जनशील महिला जागरण केन्द्र मुग्लिन र मुग्लिन युवा मञ्चले केन्द्र सञ्चालनमा ल्याएका हुन् ।

    शनिबार पहिलो दिन ती दुई संस्थले रु २० हजारको कपडा खरिद गरी वितरण गरेका छन् । साथै मुग्लिनका स्थानीयहरुबाट सहयोग प्राप्त न्यानो कपडा गाउँपालिकाभित्रका अतिविपन्न १५० जनालाई वितरण गरिएको सिर्जनशील महिला जागरण केन्द्र मुग्लिनका अध्यक्ष सावित्री पुडासैनीले जानकारी दिनुभयो ।

    उक्त निःशुल्क कपडा वितरण केन्द्रमा जो कोहीले पनि सहयोग गर्न सकिने अध्यक्ष पुडासैनीले बताउनुभयो । हुनेले दिने र नहुने जो कोहीले पनि कपडा लैजान सक्ने अध्यक्ष पुडासैनीको भनाइ छ । सहयोग गर्न चाहने व्यक्ति वा संस्थाले यस केन्द्रमा कपडा सहयोग गर्न सक्ने र नहुनेले लैजान सक्ने उहाँले बताउनुभयो । निःशुल्क कपडा वितरण केन्द्रका लागि मुग्लिनका स्थानीय त्रिवेणी ग्रील एण्ड सटर उद्योगका सञ्चालक रामहरि कडेँलले घर उपलब्ध गराउनुभएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    • ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    • अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.