वन र वन्यजन्तु हिड्ने क्षेत्रमा नियमित सफाई हुनु पर्नेमा जोड
न्युजभित्तो/२० मंसिर २०७७, शनिबार १८:३८
चितवन, २० मंसिर । जिल्लाका संरक्षणकर्मीले वन र वन्य जन्तु हिड्ने क्षेत्रमा नियमित सरसफाई हुनुपर्नेमा जोड दिएका छन् । वन्यजन्तु मर्ने मुख्य कारण निकुञ्ज र निकुञ्ज हुँदै बग्ने नदीहरुमा फालिएका फोहोर र पानी प्रदुषण भएका कारण सरसफाई अपरिहार्य भएको बताएका हुन् ।
राप्ती तटीय सरसफाई अभियान मध्यवर्ती क्षेत्रले आज शनिबार पटिहानीमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा वन्यजन्तु हिड्ने करिडोरमा सरसफाई नगरे प्राकृतिक कारणले वन्यजन्तु मर्ने खतरा बढ्दै गएको बताईयो ।
कार्यक्रममा बोल्दै सरसफाई अभियान्ता तथा कार्यक्रमका संयोजक अपिल घिमिरेले फोहोर र प्रदुषणका कारण दुर्लभ वन्य जन्तु मर्दै जाने बताउनुभयो । विगत ४ बर्ष अघिदेखि सरसफाई अभियानलाई निरन्तरता दिएपनि यसमा कमी नआएको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो ।
वनभित्र प्लाष्टिक र वोतलहरु ठूलो संख्यामा भेटिने गरेको बताउँदै उहाँले भन्नुभयो “यसको न्यूनिकरण र निर्मलीकरण कसरी हुन्छ भन्ने हाम्रो चिन्ता हो ।”
संरक्षणकर्मी देवराज पौडेलले मानव र वन्यजन्तु एकअर्काको परिपुरक रहेको भन्दै वन्यजन्तुबाट जोगिन र वन्यजन्तुलाई जोगाउन चुनौति थपिएको बताउनुभयो । संरक्षणको लागि वन्यजन्तुको वासस्थान र आहारा पर्याप्त हुनुपर्ने भन्दै उहाँले सरसफाई पनि अपरिहार्य भएकोमा जोड दिनुभयो ।
बेलशहर सामुदायिक वनका उपाध्यक्ष नवराज सुवेदीले वन्यजन्तुको संरक्षणका लागि आफूहरु लागि परेपनि खासै उपलब्धी नभएको गुनासो गर्नुभयो । संरक्षण गर्न सरसफाई पनि हुनुपर्ने भन्दै उहाँले हरेक टोलटोल , घरघरमा जनचेतना जगाउन आवश्यक रहेको बताउनुभयो ।
पर्यटन व्यवसायी ऋषि न्यौपानले चितवनको पर्यटन वन र वन्यजन्तु रहेकोले संरक्षणको विकल्प नरहेको बताउनुभयो । पछिल्लो समय गैंडा मर्ने र मारिनेक्रम बढेको भन्दै उहाँले वनमा आश्रित वर्ग समुदायलाई आर्थिक आय आर्जन खोज्नु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा बोल्दै निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले संरक्षणमा निकुञ्जको मात्र दायित्व नभई हरेक समुदायको उत्तिकै दायित्व रहेको बताउनुभयो । उहाँले भन्नुभयो “संरक्षण भन्ने कुरा निकुञ्ज एक्लैले पनि गर्न सक्दैन । एकातिर पर्यटन प्रर्वद्धन विकास भन्नुहुन्छ अर्कोतिर संरक्षण भन्नुहुन्छ । यो कसरी सम्भव छ ?”
दुबैकुरा एकैपटक प्राप्त नहुने भन्दै उहाँले यहांँको पर्यटन विकासका लागि संरक्षणनै पहिलो प्राथमिकता हुनेमा जोड दिनुभयो। मानव र वन्यजन्तुको द्वन्द्वको बिषयमा बोल्दै उहाँले साना तिना भौतिक क्षति स्थानीयले सहनुपर्ने बताउनुभयो ।
कार्यक्रममा संरक्षणकर्मी तथा स्थानीय वासुदेव सापकोटा, सुदीप सुबेदी, शंकर महत्तो संजीव सिंह विश्वकर्मा, टेकबहादुर क्षेत्री लगायतले संरक्षणसंँगै पर्यटन विकास गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रममा निकुञ्जमा रहेको बटुकदलका गणपति अरुण श्रेष्ठ, वडा नम्बर २२ का अध्यक्ष विष्णुराज महत्तो, संरक्षणकर्मी र सरोकारवालाको सहभागिता रहेको थियो ।