सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रत्ननगरमा मदन भण्डारी फाउण्डेशन र स्पोर्टस् एकेडेमी घोषणा


  •    न्युजभित्तो/२० मंसिर २०७७, शनिबार १८:२२ 
  • रत्ननगर (चितवन), २० मंसिर । रत्ननगर नगरपालिकामा मदन भण्डारी फाउण्डेशन र मदन भण्डारी स्पोर्टस् एकेडेमी नगर कमिटी घोषणा गरिएको छ । दुवै कमिटीले आज शनिबार रत्ननगरमा आयोजना गरेको प्रथम विस्तारित बैठकमा १०१ सदस्यीय फाउण्डेशन र ५१ सदस्यीय एकेडेमी घोषणा गरिएको हो ।

    फाउण्डेशन नगर समितिको अध्यक्षमा चन्द्रकान्त न्यौपाने, बरिष्ठ उपाध्यक्षमा सीताराम पोखरेल, उपाध्यक्षहरुमा राजेन्द्र न्यौपाने, सूर्य तामाङ, रश्मि बर्ताैला, कृष्ण श्रेष्ठ र रामप्रसाद लम्साल रहनु भएको छ । यसैगरी सचिवमा इन्द्र भण्डारी, सहसचिवमा लेखनाथ आचार्य र कोषाध्यक्षमा गोकुल पराजुली चयन हुनु भएको छ ।

    एकेडेमीको अध्यक्षमा अजित चौरेल, उपाध्यक्षमा ध्रुव बर्ताैला, लक्ष्मण परियार, केदार न्यौपाने र विष्णु सापकोटा रहनु भएको छ । समितिका सचिवमा प्रसंग कायस्थ, सहसचिवमा मिलन अधिकारी र कोषाध्यक्षमा रोशनी लिम्बु चयन हुनु भएको छ ।

    कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं फाउण्डेशनका केन्द्रीय सदस्य कृष्णकुमार राईले फाउण्डेशन कुनै दल हो जस्तो गरी हेरिनु नहुने बताउनुभयो । उहाँले भन्नुभयो “फाउण्डेशन निर्वाचन लड्न जाने दल होइन ।” जनताले स्वीकार नगरेको विचार कुनै पनि पार्टीको सिद्धान्त हुन नसक्ने भन्दै उहाँ भन्नुभयो “आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरण गर्न जनताको बहुदलीय जनवाद (जबज) को बाटोमा नै अघि बढ्नु पर्छ ।” आफूलाई समाजवादी नेता हुँ भन्नेहरुले समेत भ्रम पालेको बताउँदै राईले भन्नुभयो “सबै विचारलाई परास्त गर्ने विचार जबजब नै हो ।”

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य काशीनाथ अधिकारीले जननेता मदन भण्डारीको विचारले नै नेपालमा परिवर्तन ल्याएको बताउनुभयो । उहाँल भन्नुभयो “जबजले विश्वमा कम्प्युनिटहरु संकटमा रहेको बेला नेपाली कम्युनिष्टहरुलाई लोकप्रिय बनायो ।” कम्युनिष्ट आन्दोलन उग्र वामपन्थी र दक्षिणपन्थी भड्काउमा रहेको बेला आएको जबजले नेपालको कम्युनिष्ट आन्दोललाई सही दिसा दिएको उहाँको भनाई थियो ।

    कार्यक्रममा बागमती प्रदेश सभासद् विजय सुवेदीले जबजकै बाटोमा हिँड्दा पार्टी अहिलेको अवस्थासम्म आईपुगेको बताउँदै भन्नुभयो “एउटा पार्टीका दुई वटा सिद्धान्त हुनै सक्दैन ।”

    कार्यक्रममा फाउण्डेशन नगर कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई फाउण्डेशन जिल्ला अध्यक्ष डा तिलचन्द्र भट्टराईले सपथ गराउनुभयो । यस्तै एकेडेमी नगर कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई फाउण्डेशनका जिल्ला उपाध्यक्ष एवं नेकपा भरतपुर महानगर कमिटी अध्यक्ष राम न्यौपानेले सपथ गराउनुभयो ।

    फाउण्डेशन नगर समिति अध्यक्ष चन्द्रकान्त न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा फाउण्डेशन क्षेत्र नं. १ का सल्लाहकार यादव पाठकले स्वागत गर्नुभएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    • ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    • अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.