सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुर अस्पताल सफाई अभियान शुरु


  •    न्युजभित्तो/२० मंसिर २०७७, शनिबार ०८:५६ 
  • भरतपुर, २० मंसिर । भरतपुर अस्पतालमा साप्ताहिक सफाई अभियान शुरु गरिएको छ । अस्पताललाई सुन्दर र सफा बनाई राख्न यहाँका युवा तथा सामाजिक अभियान्तहरुले हरेक शनिबार अस्पताल सफाईको अभियान शुरु गरेका हुन् ।

    अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा आज शनिबार बिहान अस्पताल परिसर सरसफाई गरिएको छ । भरतपुर महानगरपालिकाको युवा सञ्जालको अगुवाईमा सरसफाई गरिएको हो । सो अवसरमा हरेक शनिबार बिहान ७ बजे अस्पतालमा सरसफाई अभियान गरिने जानकारी गराईयो । अभियानमा ‘भरतपुर अस्पतालका साथीहरु’ नामक संस्थाका प्रतिनिधिहरु पनि सहभागी हुनु भएको छ ।

    अभियानमा भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारी, निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. जगन्नाथ तिवारी, समितिका सदस्य केशव देवकोटा, भरतपुर महानगरपालिका शिक्षा शाखा प्रमख महेन्द्र पौडेल, युवा सञ्जाल संयोजक सन्देश वाग्लेलगायतको सहभागिता रहेको थियो ।

    अध्यक्ष अधिकारीले अभियान्ताहरुलाई धन्यवाद व्यक्त गर्दै सरसफाई अभियानमा सहभागी हुन सबैलाई अनुरोध गर्नुभयो । अस्पताल कक्षभित्र नियमित सरसफाई हुने भएपनि परिसर क्षेत्रमा अभियान्ताहरुलाई झक्झक्याएर सरसफाई गर्न लागिएको उहाँको भनाई छ ।
    केन्द्रीयस्तरको यस अस्पतालमा चितवनसहित १९ जिल्लाका बिरामी उपचारका लागि आउने गर्दछन् । एक वर्षमा तीन लाखभन्दा बढी बिरामीले अस्पतालबाट सेवा लिँदै आएका छन् ।

    काठमाडौँको प्रसूतिगृहपछि धेरै प्रसूति गराउने अस्पताल भरतपुर हो । गत वर्ष १३ हजार ५४५ जनाको प्रसूति यसै अस्पतालमा भएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.