सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

विकासनिर्माणका काममा बाधा पुर्याउने बाट सर्तक रहन ओलीको आग्रह


  •    न्युजभित्तो/१९ मंसिर २०७७, शुक्रबार १६:०१ 
  • काठमाडौँ, १९ मङ्सिर। प्रधानमन्त्री केपी शर्मा ओलीले विकासनिर्माणका काममा क्षणिक राजनीतिक स्वार्थका आधारमा सिर्जना गरिने जातीय र सांस्कृतिक नामका अन्तरविरोधले देशको विकास र एकतामा आघात पर्ने भएकाले त्यसो नगर्न सम्बन्धित पक्षलाई आग्रह गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुुवाटारमा आज आयोजित रक्षा मन्त्रालयको चालुु आर्थिक वर्षको पहिलो चौमासिकको प्रगति समीक्षा तथा मन्त्रालस्तरीय विकास समस्या समाधान समितिको बैठकको अध्यक्षता गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवको काठमाडौँ–तराई/मधेस द्रुतमार्गको प्रवेशविन्दु ललितपुरको खोकनाको जग्गाको मुुआब्जा विवादमा सरकारलाई संस्कृति र जातविरोधी चित्रण गरेर आफ्ना निहित फाइदा उठाउनेलाई सम्झाइबुुझाइ गर्नुपर्ने बताउनुुभयो ।

    उहाँले भन्नुुभयो, “खोकनामा जनतामा मात्र होइन, त्यहाँका देवताका मठमन्दिर पनि उठाउन लागियो भन्ने गलत कुरा फैलाएर स्थानीयवासीको सेन्टिमेन्ट लिन खोजिएको छ । समस्या समाधानमा लाग्नुुपर्ने जनप्रतिनिधि र नेताहरु उल्टै समस्या बल्झाउन लागेका छन् । समाजमा साम्प्रदायिकता भड्काउने तथा अशान्तिको विष छर्ने यस्ता प्रयासबाट सतर्क हुनुुपर्छ ।”

    रक्षामन्त्रीसमेत रहनुुभएका प्रधानमन्त्री ओलीले जातीय लडाइँ सिर्जना गर्दा राष्ट्रिय एकता ध्वस्त हुने भएकाले सबै मिलेर यस्ता समस्याको समाधान गरी सबै जातिको उत्थान गर्नुपर्नेमा जोड दिनुुभयो । उहाँले सरकारले भत्किएका पुरातात्त्विक भवन र सम्पदा पुनःनिर्माण तथा ऐतिहासिक गढीहरुको संरक्षण गरिरहेकाले विकासनिर्माणका आयोजना गर्दा त्यस्ता संरचना र सम्पदालाई असर नपार्ने गरी काम गरिने स्पष्ट गर्नुभयो । उहाँले खोकनाको जग्गा विवाद मिलाउन राष्ट्रिय योजना आयोग, अर्थ, भौतिक पूर्वाधार तथा यातायात र रक्षा मन्त्रालय तथा नेपाली सेनालाई समन्वयात्मक पहल गर्न निर्देशन दिनुुभयो ।

    प्रधानमन्त्री ओलीले विकासनिर्माणका काम कछुवा गति नभई तीव्र गतिमा गर्न आग्रह गर्दै भ्रष्ट सोचाइ भएकाहरुले जे काममा पनि भ्रष्टाचार हुन्छ भन्ने देख्ने गरेको बताउनुुभयो । उहाँले भन्नुुभयो, “एकथरिलाई सबै काममा भ्रष्टाचार हुन्छ भन्ने लागेको छ । ती भ्रष्ट सोचाइ भएकाले भ्रष्टाचार नहुने कुरा पत्याउँदैनन् । पेट र मुख छ भन्दैमा जेमा पनि, जे पनि हसुर्नु हुँदैन । त्यस्तो भएमा गाईँभैँसी र मान्छेमा भिन्नता हुँदैन । त्यस्ताले विकासनिर्माणमा उल्झन ल्याउँछन् ।”

    प्रधानमन्त्री ओलीले बङ्करदेखि ब्यारेकसम्मका कार्यक्रमलाई आगामी आर्थिक वर्षभित्र सक्ने गरी काम गर्न तथा चुरे क्षेत्र संरक्षणमा ध्यान दिन सम्बन्धित पक्षलाई निर्देश गर्दै कठिन स्थानका सडक तथा पूर्वाधारका काममा सेनालाई जिम्मा दिनैपर्ने वा अरुले नसक्ने भएमा मात्रै उसलाई दिन आग्रह गर्नुभयो । उहाँले नेपाली सेनाको सिंहदरबारस्थित चण्डीदल गणको नयाँ भवन निर्माणका लागि बजेट विनियोजन र काम अघि बढाउन पनि सम्बन्धित मन्त्रालयका प्रतिनिधिलाई आग्रह गर्नुभयो ।

    उहाँले कोभिड–१९ को महामारीको शुरुदेखि ज्यान जोखिममा राखेर सेनाले गरेको मानवीय कार्य र प्राकृतिक विपत्तिमा निर्वाह गरेको अग्रमोर्चाको भूमिका प्रशंसनीय रहेको बताउँदै पहिलो चौमासिकको मन्त्रालयको प्रगतिप्रति सन्तोष व्यक्त गर्नुभयो ।

    रक्षा मन्त्रालयको प्रगति ३५ प्रतिशत सो अवसरमा योजना आयोगका उपाध्यक्ष डा पुुष्पराज कँडेलले खोकनाको जग्गामा विवाद सुुल्झाउन अन्तरमन्त्रालय समन्वय भइरहेको अवगत गराउनुभयो भने प्रधानसेनापति पूर्णचन्द्र थापाले कार्यक्रम र आयोजनाहरुका लागि सेनालाई पर्याप्त बजेट उपलब्ध गराउन आग्रह गर्नुभयो । मन्त्रालयको प्रगति समीक्षा प्रस्तुत गर्दै सचिव रेश्मीराज पाण्डेले गत कात्तिकसम्म ३४ दशमलव ५७ प्रतिशत प्रगति भएको जानकारी दिनुुभयो ।

    सो मन्त्रालयस्तरमा चालु आवमा २१ माइलस्टोन रहेकामा १६ वटामा हरियो सङ्केत प्राप्त भएको उहाँले बताउनुुभयो । उहाँले राष्ट्रिय सुरक्षा नीतिको कार्ययोजना स्वीकृत भई कार्यान्वयनका चरणमा रहेको र राष्ट्रिय प्रतिरक्षा नीति राष्ट्रिय सुरक्षा परिषद्बाट पारित भई मन्त्रिपरिषद्मा पेश हुने क्रममा रहेको पनि जानकारी दिनुुभयो । (रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाँकेमा १५६ विभिन्न वन्यजन्तुको उद्धार
    नेप्से परिसूचक २६ अङ्कले घट्यो
    गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका सबै ठूला घर भत्काइयो
    • सीमा निर्धारणमा भएको ढिलाइले बेनीमा सडक आयोजना प्रभावित
    • नदीमा माछा पाइन छाडेपछि पुर्ख्यौली पेसा सङ्कटमा
    • नेपालगन्ज विमानस्थलमा आजदेखि निःशुल्क ट्रलीबस सेवा सुरु
    • व्यवसायी गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन आदेश

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.