नेकपा अध्यक्ष प्रचण्ड र पोखरेलबीच आन्तरिक विवाद सल्टाउने बिषयमा छलफल
न्युजभित्तो/१९ मंसिर २०७७, शुक्रबार १४:३८
काठमाडौं, मंसिर १९ गते । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को आन्तरिक विवाद सल्टाउने प्रयास स्वरुप आज अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सचिवालय सदस्य ईश्वर पोखरेलबीच छलफल भएको छ । उपप्रधानमन्त्री समेत रहनुभएका नेता पोखरेल विहान प्रचण्ड निवास खुमलटार पुग्नुभएको थियो ।
अध्यक्ष प्रचण्ड र नेता पोखरेलबीच करिब एक घण्टा छलफल भएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ । अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाकाअनुसार अध्यक्ष प्रचण्डसँग नेता पोखरेलको विहान १० बजे छलफल भएको हो । भेटमा पार्टीको आन्तरिक विवाद सल्टाउने विषयमै छलफल भएको उहाँले बताउनुभयो ।
यसैबीच अध्यक्ष प्रचण्डसँग छलफल गर्न विहिबार महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ खुमलटार पुग्नुभएको थियो । उपप्रधानमन्त्री पोखरेल राष्ट्रपतिँग छलफल गर्न आज शीतल निवास पुग्नुभएको समाचार सञ्चारमाध्यममा आएपनि पोखरेल सचिवालयले सो समाचार झुठो भएको बताएको छ । “उपप्रधानमन्त्री पोखरेल शीतल निवास पुग्नुभएको समाचार झुठो हो” उहाँको सचिवालयका एक सदस्य प्रभातविक्रम कटुवालले भन्नुभयो ।