सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सम्झना विकको बलात्कार पछि हत्या आरोपी राजेन्द्र बोहरा प्रहरी नियन्त्रणबाट फरार


  •    न्युजभित्तो/१९ मंसिर २०७७, शुक्रबार १४:२६ 
  • डोटी,१९ मंसिर । बालसुधार केन्द्रमा पुर्पक्षका लागि राखिएका बझाङका १६ वर्षीय राजेन्द्र बोहरा गए राति फरार भएका छन् । बोहरा फरार भएपछि जिल्लामा गए रातिदेखि तनाव उत्पन्न भएको छ ।

    जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक जनकराज पाण्डेयका अनुसार बझाङको मष्टा गाउँपालिकाकी १२ वर्षीया बालिका सम्झना विकको बलात्कारपछि गरेको हत्या अभियोगमा पक्राउ परी उमेर कम भएका कारण पुर्पक्षका लागि उनलाई जिल्ला बालसुधार केन्द्र डोटीमा राखिएको थियो ।

    पुर्पक्षका लागि बालसुधार केन्द्रमा राखिएका बोहरालाई केही दिन पहिले कोरोना सङ्क्रमण देखिएपछि बालसुधार केन्द्रबाट जिल्ला अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको थियो ।

    आइसोलेसनमा भर्ना भएका बोहरा गए राति ११ बजे बेपत्ता भएको र उनको खोजीका लागि प्रहरी टोली परिचालन गरिए पनि फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले बताउनुभयो ।

    उहाँले भन्नुभयो, “कोरोना सङ्क्रमण देखिएपछि राजेन्द्रलाई हामीले अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरेका थियौँ, राति एकाएक बेपत्ता भएपछि खोजी गरिरहेका छौँ, फेला परेका छैनन् ।”

    बेपत्ता भएका बोहराको खोजीका लागि जिल्लाका प्रहरी प्रमुख पाण्डेय, प्रहरी नायब उपरीक्षक मल्ल, निरीक्षक कान्तिराज जोशीसहितको प्रहरी टोली परिचालन भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

    फरार भएका बोहराले सम्झना विकलाई बलात्कार गरी हत्या गर्नुपूर्व मष्टा गाउँपालिकाकै १४ वर्षीया अर्की बालिकालाई पनि जबर्जस्ती करणी गरेका थिए ।

    उक्त करणी घटनालाई गाउँमै मिलापत्र गराउने आठ जनालाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ ।

    फरार बोहराको खोजीका लागि यहाँका विभिन्न नाका तथा यातायातका साधन जाँचमा प्रहरीले गए रातिदेखि कडाइ गरेको छ भने व्यापकरूपमा प्रहरी परिचालन गरिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.