सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पत्रकारमाथि आक्रमण गर्ने मालपोत कर्मचारी पक्राउ


  •    न्युजभित्तो/१९ मंसिर २०७७, शुक्रबार ११:३३ 
  • दमक, १९ मङ्सिर । पत्रकारमाथि आक्रमण गर्ने झापाको दमकस्थित मालपोत कार्यालयका कर्मचारी इन्द्र राजवंशी पक्राउ परेका छन् । खरदार राजवंशीलाई पीडितको उजुरीपछि आवश्यक अनुसन्धानका लागि आज बिहान पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

    प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार गत मङ्गलबार करिब ४ बजेतिर शिवसताक्षीका सेवाग्राही सुरेश साहबाट खरदार राजवंशीले काम गरिदिने भन्दै रु १० हजार घुस दिएको भिडियो खिचिरहेका अनुसन्धान अनलाइनका पत्रकार खगेन्द्र घिमिरे र क्यामेराम्यान भास्कर श्रेष्ठमाथि हातपात गरेको आरोप छ ।

    सो घटनाको नेपाल पत्रकार महासङ्घ झापा शाखालगायतले घोर निन्दा र भत्र्सना गरेका गर्दै दोषीमाथि कारवाही गर्न माग गरेका थिए । यसैगरी बिहीबार मालपोत कार्यालयका प्रमुख तारानाथ दङ्गालले घटनाप्रति दुःख प्रकट गर्दै त्यसको निष्पक्ष छानबिन गर्न विज्ञप्तिमार्फत आग्रह गर्नुभएको थियो । (रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाँकेमा १५६ विभिन्न वन्यजन्तुको उद्धार
    नेप्से परिसूचक २६ अङ्कले घट्यो
    गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका सबै ठूला घर भत्काइयो
    • सीमा निर्धारणमा भएको ढिलाइले बेनीमा सडक आयोजना प्रभावित
    • नदीमा माछा पाइन छाडेपछि पुर्ख्यौली पेसा सङ्कटमा
    • नेपालगन्ज विमानस्थलमा आजदेखि निःशुल्क ट्रलीबस सेवा सुरु
    • व्यवसायी गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन आदेश

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.