सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बिहेको लगनको लागि अब चार महिना कुर्नुपर्ने


  •    न्युजभित्तो/१९ मंसिर २०७७, शुक्रबार १०:५७ 
  • १९ मंसिर, काठमाडौं । बिहे गर्ने उमेर पुगेका युवा–युवतीका लागि चासोको महिना हो मंसिर । यस वर्षको मंसिरमा पनि थुप्रै जोडीहरु धमाधम लगनगाँठो कसिरहेका छन् ।

    मंसिरमा बिहे गर्न नभ्याउनेहरुले भने अब लगनका लागि चार महिना कुर्नुपर्ने भएको छ । यसपालि मंसिरदेखि बैशाखको बीचमा बिहेको लगन छैन । मंसिरमा पनि १५ गतेपछि मात्रै लगन निस्केका थिए ।

    पञ्चाङ निर्णायक समितिको पात्रो अनुसार यस वर्षको मसिंरमा जुरेका बिहेका चारवटा साइतहरु मंसिर १६, २१, २२ र २६ गते मात्रै हुन् । १६ गतेको साइत गुज्रिइसकेको छ । अब २१, २२ र २६ गतेमात्रै साइत जुर्छ ।

    मंसिरको साइत गुज्रिएपछि मुहूर्त जुराएर बिहे गर्न चाहनेले बैशाससम्म कुर्नुपर्ने जानकारहरु बताउँछन् । श्री पञ्चमी वा विवाह पञ्चमीमा बिहे गर्न साइत जुराउनुपर्दैन भन्ने मान्यता सही नभएको तोयानाथ पञ्चाङ्ग पात्रोमा लेखिएको छ ।

    शास्त्रीय मान्यताअनुसार माघ १ गतेदेखि असार मसान्तसम्मका ५ महिना चैतबाहेक विवाहका लागि शुभ मानिन्छ । तर यसपटक पुस, माघ र फाल्गुन महिनामा विवाहको लगन नरहेको पञ्चाङ्ग निर्णायक समितिका सचिव सूर्य ढुंगेलले बताए ।

    यस वर्ष माघ महिनामा किन जुरेन त लगन सचिव ढुंगेल भन्छन्, ‘विवाहको लगनका लागि विभिन्न कोणबाट शुभ साइत जुराउनुपर्छ । यो वर्ष माघमा वृहस्पति र शुक्र अस्त भएकोले माघ र फाल्गुनमा विवाहको साइत जुरेको छैन ।’

    पञ्चाङ्ग निर्णायक समितिका अनुसार माघ ४ गतेदेखि सुरु भएको वृहस्पति अस्त फाल्गुनको २ गतेसम्म जारी रहन्छ, माघमा नै सुरु हुने शुक्र अस्त भने वैशाख महिनाको पहिलो सातासम्म चल्ने भएकोले विवाहको लगन पनि मंसिरपछि एकैपटक वैशाखमा मात्रै जुर्न लागेको हो ।

    कसरी जुराइन्छ विवाहको लगन:

    विवाहको लगन जुराउने पञ्चाङ्ग निर्णायक समितिको आफ्नो छुट्टै विधिविधान छ । सोही विधानका कारण यो वर्षको मंसिर महिनामा पनि १६ गतेमात्रै लगन जु¥यो । अब २१, २२ र २६ गते लगन छन् । १० दिनको बीचमा ४ वटा लगन जुरेपछि झण्डै चार महिनाको लागि लगनविहीन बन्न लागेको छ ।

    पञ्चाङ्ग निर्णायक समितिका सचिव सूर्य ढुंगेलका अनुसार एउटा विवाहको लगनलाई अयन, महिना, तिथि, नक्षत्र, अधिकमास, क्षयमास, चतुर्मास लगायतले प्रभावित बनाएको हुन्छ । शुभ वा अशुभ दिन भनेर निर्धारण गर्ने आधारको रुपमा यिनीहरुलाई लिइन्छ भने विवाहको मुहूर्त जुराउने सवालमा पनि महत्वपूर्ण मान्ने गरिन्छ ।

    विवाहको लगन जुराउँदा सबैभन्दा पहिले अयनलाई ध्यान दिइन्छ । एक वर्षमा उत्तरायण र दक्षिणायन गरी २ वटा अयन हुन्छन् । विवाह र व्रतबन्धको लागि उत्तरायणको ५ महिना र दक्षिणायनको एक महिना गरेर एक वर्षमा ६ महिना मात्रै शुभ मुहूर्त जुर्ने गर्छ । उत्तरायणको चैत महिना भने विवाहको लागि अयोग्य मानिन्छ । व्रतबन्धको लागि भने उत्तरायणका ६ वटै महिना शुभ हुन्छ ।

    चतुर्मासमा पनि विवाह गर्नु शुभ हुँदैन भन्ने मान्यता छ । यही चतुर्मासका कारण नै यस वर्ष मंसिर १५ गतेसम्म विवाहको लगन जुर्न नसकेको हो । उत्तरायणका ५ महिना र मंसिरमध्ये पनि वृहस्पति र शुक्र अस्ताएको बेलामा विवाह÷व्रतबन्ध गर्न मिल्दैन । यो वर्षको माघ महिनामा लगन नजुर्नुको कारण यिनै ग्रहको अस्त रहेकोले हो ।

    यसरी ६ महिनामा सबै उदय अस्त मिलाएपछि दिनको शुभ अशुभ हेर्ने गरिन्छ । यसको लागि कुन–कुन नक्षत्र शुभ र कुन–कुन अशुभ भन्ने तय गरिन्छ । कुल २७ वटा नक्षत्र हुन्छ । त्यसमध्ये ११ वटा नक्षत्रलाई मात्रै शास्त्रले विवाह र व्रतबन्धको लागि शुभ तोकेको छ । शास्त्रानुसार विवाह हेतु रेवती, तीनै उत्तरा उत्तर फाल्गुनी, उत्तराषाढा र उत्तरभाद्रपदा), रोहिणी, मृगशिरा, मूल, अनुराधा, मघा, स्वाति लगायत ११ नक्षत्रमा मात्रै विवाह गर्न शुभ मानिन्छ ।

    यसबाहेक पनि कृष्णपक्षको त्रयोदशीदेखि शुक्लपक्षको प्रतिपदासम्म विवाह गर्न हुँदैन । यी बाधाहरुले नछुने गरी विवाहको लगनको दिन जुराइने गरिन्छ । व्रतबन्धको हकमा भने बार पनि मिलाउनुपर्छ । जस्तो मंगलबार र शनिबार व्रतबन्ध गर्नु शुभ मानिन्दैन ।

    नेपाली परम्परामा माथि उल्लेखित संयोग मिलेपछि त्योभन्दा गहन रुपमा लगन जुराउने गरिएको छैन । माथि उल्लेखित विषय जुरिसकेपछि लगन अनुसार शुभ मुहूर्त खोज्ने गरिन्छ ।

    पञ्चाङ्ग निर्णायक समितिले तोकेको मितिमा पनि व्यक्तिको कुण्डलीको लग्न अनुसार शुभ अशुभ मुहूर्त जुराउने गरिएको ढुंगेल बताउँछन् । सबै व्यक्तिलाई सबै लगनमा विवाहको लागि जुराएको हुँदैन ।

    यसबाहेक पापग्रहमा बसेका नक्षत्रको दिन पनि विवाह निषेध गरिएको हुन्छ । त्यसपछि नक्षत्रसँगै शुभ तिथि पनि मिलाउनुपर्ने हुन्छ । विवाह र व्रतबन्धको लागि शुभ र अशुभ तिथिको आधारमा पनि लग्न जुरेको नजुरेको हेर्ने गरिन्छ । जस्तो शुक्लपक्षको द्वितीया, तृतीया, पञ्चमी, दशमी, एकादशी र द्वादशी तिथि मात्रै व्रतबन्धको लागि शुभ मानिन्छ भने कृष्णपक्षमा माथि उल्लेखितमध्ये पनि पञ्चमीलाई समेत अशुभ तिथि मान्ने गरिन्छ । यी सबै संयोगलाई मिलाएपछि लग्न हेर्ने गरिन्छ ।

    सो दिनको लग्न पापग्रह वा आठौं स्थानमा भयो भने त्यो विवाहको लागि शुभ हुँदैन भन्ने मान्यता छ । त्यस्तै, लग्नको मालिक ६, ८ १२ औं स्थानमा एवं पाप ग्रहमा बस्न नहुने जस्ता शर्तहरु पूरा गरेपछि

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.