कोभिड खोप नाफाको माध्यम हुन सक्दैन : प्रधानमन्त्री ओली
न्युजभित्तो/१९ मंसिर २०७७, शुक्रबार ०८:३४
काठमाडौं, १९ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण मानव समुदाय नै संकटमा रहेको समयमा जीवन रक्षाका खोपहरु अधिकतम नाफाको माध्यम हुन नसक्ने बताउनु भएको छ । कोभिड–१९ सम्बन्धी संयुक्त राष्ट्रसंघको विशेष महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोभिड–१९ सम्बन्धी खोपहरु वास्तविक रुपमा नै विश्वव्यापी सार्वजनिक वस्तु हुनु पर्ने बताउनु भएको हो । उहाँले सबै मुलुक र जनताको लागि सहज पहुँच र उपलब्धता हुनुपर्नेमा जोड दिनुभयो ।
प्रधानमन्त्री ओलीले विश्वव्यापी रुपमा नै खोप उपलब्ध नभएसम्म विश्व महामारीबाट सुरक्षित नहुनेसमेत बताउनुभएको छ । अहिले विश्वमा सबैको पहुँचमा भ्याक्सिन पु¥याउन कोभाक्सले गरिरहेको पहलको पनि प्रधानमन्त्री ओलीले स्वागत गर्नुभयो ।
कोभिड–१९ लाई कै केन्द्रित गरेर राष्ट्रसंघले विशेष महासभाको आयोजना गरेको हो । प्रधानमन्त्री ओलीको सम्बोधनको भिडियो रेकर्ड गरेर राष्ट्रसंघ पु¥याईएको छ । अहिलेको संकटले पाठ सिकाएको बताउँदै ओलीले भन्नुभयो “यो संसार सानो डुंगा हो, हामी सबै यसका यात्रु हौं ।”