पाँचथर । आरुबोटेमा नौ जनाको हत्या भएको स्थान नजिकै एक जनाको शव झुण्डिएको अवस्थामा फेला परेको छ । मिक्लाजुङ गाउँपालिका अध्यक्ष अमर माखिमका अनुसार हत्या भएका बमबहादुर फियाकका कान्छा ज्वाइँ मानबहादुर माखिमले झुण्डिएर आत्महत्या गरेका हुन् ।
पाँचथरका प्रहरी नायब उपरीक्षक नरेन्द्र कुँवरका अनुसार हत्या भएको स्थानबाट करीब डेढ घण्टाको पैदल बाटोमा झुण्डिएको अवस्थामा शव फेला परेको हो । नौ जनाको हत्या मानबहादुरले गरेको हुनसक्ने प्रहरीको अनुमान छ । प्रहरीले मानबहादुरतर्फ अनुसन्धान शुरु गरेको छ । आरुबोटेमा दुई परिवारका नौ जनाको गए राति वीभत्स हत्या भएको थियो । रासस