चितवन, १९ मंसिर । चितवन राष्ट्रिय निकुञ्जले दुर्लभ एक सिंगे गैंडा मारेर खास बिक्री गरेका तस्करलाई १५ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नं. २६, दिव्यनगर ठेगाना भई हाल खुरखुरे बस्ने ३६ वर्षका सूर्य भन्ने सुरज चौधरी रहेका छन् ।
बि.सं. २०६२ असारमा शिशुवाघाट पारी भालुटापुमा गैंडालाई गोली हानी खाग बिक्री गरेको अभियोगमा उनी दोषी ठहर भएको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले न्यूजभित्तोलाई बताउनुभयो । उनी विरुद्ध बि.सं. २०६२ असोज १२ गते मुद्दा दायर भई बि.सं. २०६४ पुस २० गते १५ वर्ष कैद र १ लाख रुपैयाँ जरिवाना फैसला भएको थियो । नेपाली सेनाका भगौडा निज चौधरीलाई गैंडा तस्करहरुले दुई पटकसम्म गैंडा मार्ने असफल प्रयास गरेपछि समूहमा सामेल उनले नै गैंडा मारेको उक्त समूहका अन्य पक्राउ परेकाहरुको बयानबाट खुलेको अधिकारीले जानकारी दिनुभयो ।
निकुञ्जको फैसलापछि निज चौधरी फरार रहँदै आएका थिए । उनी जिल्लाकै गुञ्जनगर र खुरखुरेमा बसाई सराई गरेका थिए । निजलाई खुरखुरेबाट बिहीबार पक्राउ गरिएको हो । तस्करीपछि चौधरी तीन पटक कतार गएर आएको पक्राउपछि चौधरीले बयान दिएको बताईएको छ । चौधरी एक वर्ष अघि कतारबाट नेपाल आएका थिए । पछिल्लो समय निकुञ्जमा चोरी शिकारी बढेपछि निकुञ्जले फरार अभियुक्त खोजी कार्यलाई तीब्रता दिएको छ भने नयाँ सुरक्षा रणनीतिका साथ निकुञ्ज सुरक्षामा कडाई गरिएको छ ।