सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेकपा पार्टीभित्र किचलो चुलिएका बेला राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री शितलनिवास


  •    न्युजभित्तो/१८ मंसिर २०७७, बिहीबार १६:२५ 
  • काठमाडौं, मंसिर १८ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री केपी ओलीले भेटघाट गर्नुभएको छ । बालुवाटार स्रोतले भेट नियमित भएको जनाएको छ ।

    सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र नेताहरुबीच किचलो चुलिएका बेला राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली राष्ट्रपति कार्यालय, शितलनिवास पुग्नुभएको हो ।

    पार्टीभित्र जब जब संकट गहिरिन्छ तब तब प्रधानमन्त्री ओली परामर्शका लागि राष्ट्रपति कार्यालय प्रवेश गर्नुहुन्छ । यस अर्थमा यस पटक पनि कुनै राजनीतिक भलाकुसारीकै लागि उहाँ शितलनिवास जानुभएको हुनसक्ने नेकपाका अध्यक्ष पुष्पकमल दाहालनिकट स्रोतले बतायो ।

    प्रधानमन्त्री ओली पछिल्ला दिनमा पनिमा पनि राजनीतिक संकटमा हुनुहुन्छ । अर्का अध्यक्ष दाहालले उहाँमाथि गम्भीर आरोप लगाउँदै सचिवालय बैठकमा प्रतिवेदन पेश गरेपछि उहाँमाथि संकट चुलिएको हो ।

    दाहालको प्रतिवेदनको जवाफ फर्काउनुभएका ओलीले दुबै प्रतिवेदन पार्टीमा थप छलफल नहोस् भन्ने चाहना राखे पनि अरु नेता विपक्षमा भएकाले त्यो प्रयास विफल भएको छ ।

    दुबै अध्यक्षका प्रतिवेदनमाथि छलफल गर्न बुधबार बोलाइएको सचिवालय बैठकमा उहाँ उपस्थित नै हुनुभएन । अर्को बैठक २० गतेका लागि बोलाइएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाँकेमा १५६ विभिन्न वन्यजन्तुको उद्धार
    नेप्से परिसूचक २६ अङ्कले घट्यो
    गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका सबै ठूला घर भत्काइयो
    • सीमा निर्धारणमा भएको ढिलाइले बेनीमा सडक आयोजना प्रभावित
    • नदीमा माछा पाइन छाडेपछि पुर्ख्यौली पेसा सङ्कटमा
    • नेपालगन्ज विमानस्थलमा आजदेखि निःशुल्क ट्रलीबस सेवा सुरु
    • व्यवसायी गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन आदेश

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.