सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अमरगढी नगरपालिकामा बहुप्राविधिक शिक्षालयको स्थापना


  •    न्युजभित्तो/१८ मंसिर २०७७, बिहीबार १५:२७ 
  • डडेल्धुरा, १८ मङ्सिर  । अमरगढी नगरपालिकाले अमरगढी बहुप्राविधिक शिक्षालयको शाखा कार्यालय स्थापना गरिएको छ । चालु शैक्षिक सत्रदेखि स्वास्थ्य शिक्षा डिप्लोमा तहका शैक्षिक कार्यक्रम पठनपाठन गराउने गरी कार्यालय खोलिएको अमरगढी नगरपालिकाले जनाएको छ। प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्बाट स्वीकृत भई नेपाल सरकारबाट सम्बद्र्धन प्राप्त गरी बहुप्रविधिक धारका विषय पढाइ गरिने भएको छ ।

    अमरगढी नगरपालिका डडेल्धुराद्वारा सञ्चालित अमरगढी बहुप्राविधिक शिक्षालयले अमरगढी नगरपालिका–५ मा सम्र्पक कार्यालय स्थापना गरेको नगर प्रमुख विशेश्वरप्रसाद ओझाले बताउनुभयो । उहाँले भन्नुभयो, “आज शिक्षालयको सम्र्पक कार्यालयको उद्घाटन गरी विधिवत् रुपमा कार्यालयले कामकाज शुरु गरेको छ ।” डडेल्धुरा अस्पतालको प्राविधिक सहयोग र अमरगढी नगरपालिकाले सञ्चालन गर्न थालेको स्वास्थ्य शिक्षातर्फ डिप्लोमा तहका सात वटा कार्यक्रम चालू शैक्षिक सत्रबाट नै सञ्चालन गर्न पाउने गरी अनुमति पाएको छ । चालू शैक्षिक सत्रदेखि नै डिप्लोमा तहका कार्यक्रम पठनपाठन गराउने गरी अमरगढी नगरपालिकाले काम अगाडि बढाएको छ ।

    स्वास्थ्य शिक्षातर्फ डिप्लोमा तहका स्टाफ नर्स, ल्याब टेक्निसियन, फार्मेसी, डेण्टल, सामान्य चिकित्सा, डायलासिस रेडियोलोजीलगायत विषयमा ४०र४० जना विद्यार्थी अध्यापन गर्न पाउने गरी अनुमति पाएको हो । अमरगढीले सरकारी आङ्गिक प्राविधिक क्याम्पसका रुपमा अनुमति पाएकोले गरिब जेहेन्दार र आर्थिक विपन्न विद्यार्थीलाई कम शुल्कमा प्राविधिक शिक्षा अध्ययन गराउने छ ।
    (रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.