सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपालमा घट्दै सक्रिय सङ्क्रमितको संख्या


  •    न्युजभित्तो/१८ मंसिर २०७७, बिहीबार १४:२९ 
  • काठमाडौं, मंसिर १८ । दशै, तिहार र छट जस्ता ठूला चाड पर्वमा मानिसको ओहोरदोहोर र चहलपहल बढे पछि यसले देशमा भयावह स्थिति आउने धेरैले अनुमान गरेका थिए । तर अबस्था त्यस्तो देखिएन । तथ्याङ्कले देशका सातै प्रदेशमा सक्रिय सङ्क्रमितको संख्या घट्दै गएको देखाएको छ । त्यस्तै निको हुने दर पनि बढेको छ ।

    कुनै समय कोरोनाको हटस्पटको रुपमा विकास भएको प्रदेश १ ले कोरोना संक्रमण नियन्त्रणमा निक्कै सकारात्मक भुमिका खेलेको छ । प्रदेश नंम्बर १ मा २७ हजार २२९ जना कोरोना संक्रमण भएकोमा २५ हजार ११९ ले कोरोनालाई जितेर सामान्य जीवनमा फर्किएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा। समिरकुमार अधिकारीले संकृय संक्रमितको संख्यामा कमी आएको बताउनुभयो । कोरोनाको संक्रमणबाट प्रदेश नंम्बर १ मा १९१ जनाको ज्यान गएको छ । अहिले सकृय सक्रमितको संख्या एक हजार ९१९ छन् । १४ जिल्लामा फैलिएको प्रदेश नं १ को झापामा मात्रै ७१५ जना सकृय संक्रमित छन् । झापापछि सकृय संक्रमित रहेको जिल्ला मोरङमा ४६६ जना र सुनसरीमा ३२८ छन् । अरु ११ जिल्लामा सकृय संक्रमितको सख्या सयभन्दा कम छ । तेह्रथुममा १२ जना र सोलुखुम्बुमा सकृय संक्रमितको सख्या १२ रहेको छ । अरु जिल्लाहरुमा समेत क्रमशः संक्रमितको संख्या घटिरहेको छ ।

    नेपालमै सबैभन्दा धेरै सकृय संक्रमित भएर कोरोनाको इपिसेन्टरको रुपमा विकास भैसकेको प्रदेश २ मा सकृय संक्रमितको संख्या अहिले ३६५ जना छन् । यो प्रदेशमा २० हजार ५८ जना कोरोना संक्रमित भएकोमा १९ हजार ४९७ जना डिस्चार्ज भएका छन् । यो प्रदेशमा कोरोनाबाट १९६ जनाको मृत्यु भएको छ । कुनै समय नेपालकै धेरै संक्रमण देखिएको यो प्रदेशमा अहिले संक्रमण शून्यमा झर्ने क्रममा छ । यो प्रदेशको धनुषा बाहेक अरु जिल्लामा सकृय संक्रमितको सख्या एक सयभन्दा कम छ । धनुषामा भने १०७ जना संक्रमित छन् । यो प्रदेशमा महोत्तरी र पर्सामा १४/१४ जना सकृय संक्रमित छन्।

    संघीय राजधानी रहेको बागमती प्रदेशमा कोरोना संक्रमणको दर घटेपनि सकृय संक्रमितको सख्या १० हजारभन्दा धेरै छ । यो प्रदेशको काठमाडौमा सात हजार २७० जना सकृय संक्रमित छन् । ललितपुरमा एक हजार ३५२ र भक्तपुरमा ६४१ जना सकृय संक्रमित छन् ।

    यो प्रदेशमा कूल संक्रमित १० हजार ६०२ मध्ये काठमाडौ, भक्तपुर र ललितपुरमा मात्रै नौ हजार ३६३ सकृय संक्रमित छन्। यो प्रदेशमा एक लाख २८ हजार १०५ जनालाई संक्रमण भएकोमा एक लाख १६ हजार ७४७ जना संक्रमण निको भएर घर फर्किएका छन् ।

    नेपालमा कोरोनाको संक्रमणको कारणले एक हजार ५०८ जनाको मृत्यु भएको मध्ये यो प्रदेशमा मात्रै ७५६ जनाको ज्यान गएको छ । मृत्यु दरको प्रतिशत झण्डै ५१ प्रतिशत छ । त्यस्तै कोरोना संक्रमणको दर हेर्ने हो भने कूल संक्रमणको ५५ प्रतिशत बागमती प्रदेशमा रहेको छ । बागमती प्रदेशमा काभ्रेपलाञ्चोक, चितवनमा संख्या धेरै भएपनि अरु जिल्ला भने संक्रमणको दर कम हुँदै गएको छ ।

    गण्डकी प्रदेशमा संक्रमणको दर कम हुँदै गएको छ । यो प्रदेशको कास्की बाहेक अरु जिल्लामा सक्रमणको दर पाँच सयभन्दा कम छ । कूल सकृय संक्रमित एक हजा ७८४ मध्ये कास्कीकोमात्रै त्यो आधा ८९६ जना सकृय संक्रमित छन् । प्रदेश राजधानी भएको पोखरा रहेको कास्कीमा संक्रमणको दर घटिरहेपनि सो प्रदेशको अरु १० जिल्लामा भन्दा संक्रमण दर उच्च छ । यो प्रदेशको मनाङमा हाललाई संक्रमण दर शून्य छ ।

    यो प्रदेशमा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १०३ जना रहेको छ भने १४ हजार ३२२ जनामध्ये १२ हजार ४३५ जनाले कोरोनालाई परास्त गरेका छन् ।

    १२ जिल्ला रहेको लुम्बिनी प्रदेश मा कोरोना संक्रमणको कारण बागमती प्रदेशपछि धेरैले ज्यान गुमाएका छन् । यो प्रदेशमा कोरोनाको संक्रमणको कारणले २०१ जनाले ज्यान गएको छ । यो प्रदेशमा २५ हजार ७६३ जनालाई कोरोना संक्रमण भएपनि २३ हजार ६०० निको भएका छन् । यो प्रदेशमा एक हजार ९६२ जना सकृय संक्रमित छन् ।

    यो प्रदेशको रुपन्देहीमा ५०१ जना सकृय संक्रमित छन् । रुपन्देहीमा मात्रै कोरोनाको कारणले ६८ जनाको ज्यान गैसकेको छ । दाङमा सकृय संक्रमितको संख्या ४७० रहेको छ । अरु जिल्लाहरुमा सकृय संक्रमणको दर कम देखिन्छ ।

    अरु छ प्रदेशभन्दा कर्णाली प्रदेशमा कोरोना संक्रमणको दर कम छ । यो प्रदेशका १० जिल्लाका छ हजार १०८ मा संक्रमण देखिएकोमा पाँच हजार ९३२ जनाले कोरोना जित्नु भएको छ । यो प्रदेशमा मृत्यु दर नेपालमै कम छ । यो प्रदेशमा कोरोनाको कारणले २३ जनाको ज्यान गएको छ ।
    यो प्रदेशमा सकृय संक्रमितको दर पनि निक्कै कम छ । अहिले १५३ जना सकृय संक्रमित छन् । जुम्लामा सबैभन्दा धेरै ४२ जना र कालिकोटमा एक जना सकृय संक्रमित छन् भने डोल्पामा संक्रमित संख्या शून्य छ ।

    संक्रमणको दर १० हजारभन्दा धेरै भएपनि सुदुरपश्चिम प्रदेशमा मृत्यु दर तुलनात्मक रुपमा कम छ । यो प्रदेशमा ११ हजार ८६७ जनामा कोरोना संक्रमण भएकोमा ३८ जनाको मृत्यु भएको छ । यो प्रदेशमा ११ हजार १९१ जनाले कोरोना परास्त गरेका छन् । यो प्रदेशमा अहिले संक्रमण दर निक्कै कम छ । यो प्रदेशको कैलालीमा २४७ जना, कंञ्चनपुर १३२ रहेको छ। नौ जिल्ला रहेको यो प्रदेशका बाँकी सात जिल्लामा सकृय संक्रमितको संख्या एक सयभन्दा कम छ ।

     

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाँकेमा १५६ विभिन्न वन्यजन्तुको उद्धार
    नेप्से परिसूचक २६ अङ्कले घट्यो
    गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका सबै ठूला घर भत्काइयो
    • सीमा निर्धारणमा भएको ढिलाइले बेनीमा सडक आयोजना प्रभावित
    • नदीमा माछा पाइन छाडेपछि पुर्ख्यौली पेसा सङ्कटमा
    • नेपालगन्ज विमानस्थलमा आजदेखि निःशुल्क ट्रलीबस सेवा सुरु
    • व्यवसायी गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन आदेश

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.