सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुर कारागारबाट कैदी फरार भएको घटना छानबिन, दुई जना प्रहरीलाई निलम्बन


  •    न्युजभित्तो/१८ मंसिर २०७७, बिहीबार १३:५४ 
  • चितवन , १८ मंसिर । भरतपुर कारागारबाट कैदी फरार भएको घटना छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ ।

    गएको मंसिर ११ गते साँझ ५:३० बजेको समयमा जर्वजस्ती करणी मुद्धामा कैद भुक्तान गरिरहेका कालिका नगरपालिका घर भएका ४५ बर्षिय कैदीबन्दी रेशमलाल श्रेष्ठ १५ फिट अग्लो पर्खाल नाघेर भागेका थिए ।

    श्रेष्ठले भलिबल खेल्ने नेटको जाली खोलेर कारागारको पर्खालको काँडेतारमा अड्काएर त्यसमै झुण्डिएर भागेको कारागार प्रमुख कमलप्रसाद काफ्लेको दावी छ । गत साउन २० गते जर्बजस्ती करणी मुद्धाको फैसला भएपछि उनलाई सजाय भुक्तानीका लागि कारागार पठाइएको थियो ।

    कारागार सुरक्षाका लागि २८ जना जनपथ प्रहरी खटिएका छन् । १६ वटा सिसी क्यामेरा, ७३ जना आन्तरिक सुरक्षा र १० जना कारागार प्रशासनका कर्मचारी छन् ।

    कारागारको सुरक्षामा खटिएका दुई जना प्रहरीलाई असावधानी अपनाएको भन्दै निलम्बन गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी नान्तीराज गुरूङले सुरक्षामा ध्यान दिन नसक्ने प्रहरीलाई निलम्बन गरिएको जानकारी दिए ।

    कारागार प्रमुख काफ्लेले प्रहरीको डिउटी परिवर्तन हुने मौका छोपेर कैदी फरार भएको दावी गर्दै आएका छन् । फरार श्रेष्ठको खोजी जारी छ । छानविन समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले कारागारको निगरानी, सुरक्षा र प्रशासन अति नै दयनीय भएको पाइएको बताए ।

    जुनसुकै बेला पनि कैदीहरु भाग्ने र घटना हुनसक्ने अवस्था आफूहरुले पाएको उनको भनाइ छ । प्रतिवदेनमा दीर्घकालमा उपयुक्त, सुरक्षित र व्यवस्थित कारागार बनाउन सुझावसमेत दिइएको छ ।

    कारागार प्रशासन, सुरक्षा प्रशासन, आन्तरिक सुरक्षा व्यवस्थापनमा कमजोरी देखिएकोले विभागिय कारर्वाहीका लागि प्रतिवदेनमा सिफारिस गरिएको छ ।

    भरतपुर कारागारबाट अहिलेसम्म ७ जना कैदी फरार भएका छन् । कारागारभित्रैबाट भाग्ने श्रेष्ठ मात्रै हुन् । बाँकी ६ जना अदालत लैजाने क्रममा, अस्पतालमा उपचारको क्रममा भागेको कारागार प्रशासनले जनाएको छ ।

    तीमध्ये अहिलेसम्म एक जना मात्र पुनः पक्राउ परेका छन् । २८० जनाको क्षमता भएको कारागारमा हाल ६९७ जना कैदी बन्दी राखिएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    यही मङ्सिर २५ देखि २७ सम्म भरतपुरमा ‘बिल्ड नेपाल एक्स्पो–२०२६’
    खलामा धान भर्दै स्थानीय सरकार
    भरतपुरमा छ स्थानमा खानेपानीका ‘ओभरहेड ट्याङ्की’ निर्माण गरिँदै
    • प्रधानमन्त्रीको भारत भ्रमणः द्विपक्षीय हित र सम्बन्ध विस्तारमा केन्द्रित हुन पूर्वपरराष्ट्रमन्त्रीहरूको सुझाव
    • आविष्कार केन्द्रको अवलोकन गर्दै मन्त्री तामाङले भने– आविष्कारको युगमा प्रदेश सरकारले सहयोग गर्छ
    • दसैँ–तिहारपछि भरतपुर अस्पतालमा बिरामीको चाप
    • टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.