सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

काँग्रेस नेताको चिन्ता : नेतृत्वका कारण पार्टी दुर्घटनामा पर्ने खतरा बढ्यो


  •    /७ जेष्ठ २०७६, मंगलवार २०:०३ 
  • चितवन । वर्तमान नेतृत्वका कारण पार्टी दुर्घटनामा पर्ने खतरा बढेको भन्दै काँग्रेस नेताहरुले चिन्ता व्यक्त गरेका छन् । नेपाली काँग्रेस चितवनले आज आयोजना गरेको महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, स्थानी तहका प्रमुख तथा उपप्रमुखका उमेदवारहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्ने काँग्रेस चितवनका नेताहरुले नेतृत्वका कारण पार्टी दुर्घटनामा पर्ने खतरा बढेकोले पार्टीलाई सुदृढ गर्दै अगाडि बढाउनुपर्ने बताएका हुन् ।

    अहिलेकै अवस्थामा रहे पार्टी र मुलुक ठूलो दुर्घटनामा पर्ने उनीहरुको भनाई थियो । काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठको अध्यक्षतामा भएको छलफलका क्रममा उनीहरुले पार्टीप्रति चिन्तासहित अब गर्नुपर्ने कार्यक्रमका बारेमा समेत आफ्ना राय राखेका थिए । पार्टीले जिल्लाका सबै स्थानीय तहमा छायाँ सरकार गठन गरेर सबै काम कारवाहिको अनुगमन गर्नुपर्नेमा पनि उनीहरुले जोड दिएका छन् ।

    पार्टीलाई अग्रगामी सोचका साथ अघि बढाउन आवश्यक रहेको उनीहरुको भनाई थियो । कार्यक्रममा काँग्रेसको जागरण अभियानका केन्द्रिय प्रतिनिधि सुरेन्द्र चौधरीले कम्युनिष्ट सरकारको गलत कामको भण्डाफोर गर्दै बलियो तरीकाले भातृ संस्थाहलाई परिचालन गर्नु आवश्यक रहेको बताउनु भयो । शुभेच्छुक तथा भातृ संस्थाहरुको विवाद अन्त्य गर्दै पार्टीलाई चलायमान बनाउनु आवश्यक रहेको चौधरीको भनाई थियो ।

    कार्यक्रममा महासमिति सदस्यहरु राजेन्द्र बुर्लाकोटी, सुशिला उप्रेती, प्रकाश अधिकारी, दिनेश कोईराला, सुवोध प्रधान, राजेश्वर खनाल, राजन कार्की, सबिता बराल, गीता देवकोटा, उत्तम आचार्य, किरण ओली, अनिता मैनालीलगायतले आफ्ना धारणा राख्नुभएको थियो ।

    यसैबीच, नेपाली काँग्रेसका नेता सुरेन्द्र चौधरीले अतिवाद शक्तिको मिलनले देश समृद्ध बन्न नसक्ने आरोप लगाउनु भएको छ । नेपाली काँग्रस चितवन साविक क्षेत्र नम्बर ४ को आयोजनामा भएको क्षेत्रीय जनजागरण भेलामा चौधरीले नेकपाको सङ्गम भनेको उत्तर र पश्चिमको मिलन भएकाले यो मिलनले देशको विकास सम्भव नभएको बताउनुभयो ।

    नेता चौधरीले वर्तमान सरकारबाट जनताको अधिकार कुण्ठित गर्ने काम भएको भन्दै अहिलेको सरकारका बिरुद्धमा लोकतन्त्रवादी शक्ति एक हुनुपर्ने धारणा राख्नुभयो । नेपाली काँग्रेस चितवन साविक क्षेत्र नम्बर ४ का सभापति सरिता केसीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठलगायतले मन्तव्य राख्नुभएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा
    सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल
    ‘रात्रिकालीन जीप सफारी’ सामुदायिक वनका उपभोक्तामा उत्साह
    • हुलाक सेवा पुनर्जागृत गरेर सरकारी सेवा घरघरमै पुर्‍याउने जग बस्योः सञ्चारमन्त्री डा. तिमिल्सिना
    • राष्ट्रिय प्रकृति संरक्षण कोषमा विज्ञ सदस्य मनोनित
    • यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
    • चितवनका विद्यार्थी धान रोप्न सिक्दै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.