सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कोभिड प्रयोगशालाका चिकित्सक एवं प्राविधिकहरुलाई तालिम


  •    न्युजभित्तो/१८ मंसिर २०७७, बिहीबार १३:२८ 
  • भरतपुर, १८ मंसिर । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले बागमती प्रदेशका कोभिड प्रयोगशालामा काम गर्ने चिकित्सक एवं प्राविधिकहरुका लागि दुई दिने तालिम आज बिहीबारदेखि चितवनमा शुरु गरेको छ । अनुभव आदान प्रदान गर्दै कामका शिलशिलामा आईपरेका समस्याहरु समाधान गर्न र आगामी दिनमा गर्न सकिने सुधारका विषयमा प्रशिक्षण दिईने भएको हो ।

    तालिमको उद्घाटन गर्दै भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले पिसिआर प्रयोगशालामा पछिल्लो समय आमूल परिवर्तन आएको बताउनुभयो । चितवन जिल्लामा मात्रै १० प्रतिशतभन्दा बढी जनताको पिसिआर परीक्षण गरिएको जानकारी दिंदै उहाँले भन्नुभयो “चितवनका तीन वटा ल्याबमा ७० हजारको कोभिड परीक्षण गरिएको छ ।” उहाँले यस क्षेत्रमा जोखिम मोलेर काम गरेकाहरुप्रति सरकारले उचित मूल्यांकन गरेको बताउँदै भन्नुभयो “थप समस्या भए समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।”

    उहाँले भन्नुभयो “प्रयोगशालामा काम गर्नेहरु तपाईहरु चिकित्सकको पनि चिकित्सक हो । तपाईहरुको प्रयोगशालाको नतिजाका आधारमा चिकित्सकले बिरामीलाई औषधि दिन्छन् ।” प्रयोगशालाको नतिजा विश्वसनीय भए मात्रै उपचार हुने उहाँको भनाई थियो ।

    स्वास्थ्य अनुसन्धान परिषद्का उपाध्यक्ष समेत रहनु भएका डा. अधिकारीले प्रयोगशाला परीक्षणको अभावमा दुर्गम जिल्लाहरुमा रोग फैलिंदा समेत अज्ञात रोग भन्नु पर्ने अवस्था रहेको बताउनुभयो । उहाँले भन्नुभयो “चितवन जस्ता ठाउँमा जस्तोसुकै रोग आएपनि अज्ञात रोग भन्न पर्दैन । त्यो प्रयोगशाला परीक्षणकै कारणले हो ।”

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.