सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मालपोत कार्यालय सुर्खेतका विरुद्ध उच्च अदालतमा रिट


  •    न्युजभित्तो/१८ मंसिर २०७७, बिहीबार १३:०४ 
  • सुर्खेत मंसिर,१८।  जिल्ला मालपोत कार्यालय सुर्खेतका विरुद्ध उच्च अदालतमा रिट दायर भएको छ । कार्यालयमा सेवाग्राहीले सास्ती भोग्नुपरेको जनाउँदै अधिवक्ता शेरबहादुर खत्रीले रिट दायर गर्नुभएको हो । सो रिटमाथि आज उच्च अदालतमा बहस हुँदैछ ।

    रिट निवेदनमा जिल्ला प्रशासन कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, वीरेन्द्रनगर नगरपालिका र प्रदेश सरकार तथा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइएको छ । अधिवक्ता खत्रीले मालपोतले सहजरूपमा सेवा नदिई सेवाग्राहीलाई अनावश्यक सास्ती दिने गरेको, मालपोतको सेवा सुधार गर्न सरोकारवाला निकायले बेवास्ता गरेको र कर्मचारीले बिचौलियामार्फत सेवा प्रवाह गर्ने गरेकाले अदालतमा रिट दायर गर्नुपरेको बताउनुभयो ।

    साबिकको क्षेत्रीय सदरमुकामसमेत रहेको प्रदेश राजधानीमा घरजग्गाको कारोवारमा अत्यधिक वृद्धि भएसँगै मालपोतमा सास्ती खेप्नुपरेको सेवाग्राहीको गुनासो छ ।(रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाँकेमा १५६ विभिन्न वन्यजन्तुको उद्धार
    नेप्से परिसूचक २६ अङ्कले घट्यो
    गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका सबै ठूला घर भत्काइयो
    • सीमा निर्धारणमा भएको ढिलाइले बेनीमा सडक आयोजना प्रभावित
    • नदीमा माछा पाइन छाडेपछि पुर्ख्यौली पेसा सङ्कटमा
    • नेपालगन्ज विमानस्थलमा आजदेखि निःशुल्क ट्रलीबस सेवा सुरु
    • व्यवसायी गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन आदेश

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.