सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रापती खोला पुल शिलान्यास


  •    न्युजभित्तो/१८ मंसिर २०७७, बिहीबार १२:५१ 
  • हेटौँडा मंसिर,१८।  हेटौँडा उपमहानगरपालिका–११ नवलपुर र वडा नं १२ पदमपोखरीलाई जोड्न रापतीखोलामा पक्की पुल निर्माण हुने भएको छ । दुई सय १५ मिटर लम्बाइ र ११ मिटर चौडाइ रहेको सो पुल बनाउन प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले रु २६ करोड ४१ लाख ८७ हजार विनियोजन गरेको छ । करिब दुई वर्षभित्र पुल निर्माण सम्पन्न हुने हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले जानकारी दिनुभयो ।

    वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आज पुलको शिलान्यास गर्दै प्रदेश सरकारले राष्ट्रिय गौरवको आयोजना अगाडि बढाउन, शहरीकरणको विकास गर्न र विकासका पूर्वाधारलाई समानुपातिक रुपमा वितरण गर्न प्राथमिता दिएको जानकारी दिनुभयो । उहाँले अनियमितता गर्र्नेलाई कारवाहीको दायरामा ल्याइएको पनि बताउनुभयो ।

    सो अवसरमा भौतिक पूर्वाधारमन्त्री रामेश्वर फुयाँलले प्रदेश सरकारले प्रदेशभित्रका जिल्लामा जनताको चाहनानुसार खानेपानी, पक्की पुल, सडक र विद्युतीकरण विस्तारका लागि विभिन्न योजना कार्यान्वयनको तहमा उतारेकोे जानकारी दिनुभयो ।

    उहाँले काठमाडौँ, चितवन, हेटौँडा, ललितपुर, भक्तपुर, धादिङ, नुवाकोट, सिन्धुलीलगायत शहरमा विद्युतीय सवारी साधन सञ्चालनमा निजी क्षेत्रलाई सहभागी गराउन सरकारले प्रक्रिया थालनी गरिसकेको र केही महिनाभित्रै सङ्घीय राजधानी काठमाडौँबाट हेटौँडा जोड्ने विद्युतीय सेवा सञ्चालन हुने बताउनुभयो । भौतिक पूर्वाधार तथा यातायात निर्देशनालयका निमित निर्देशक डा सहदेव भण्डारी, उपमहानगरपालिका–११ र १२ का वडाध्यक्ष क्रमशः गोकर्ण पराजुली र ललित घलान तथा समाजसेवी ललिता गोम्बाले स्थानीय जनसहभागिताका आधारमा विकास निर्माण अगाडि बढाउँदा दीर्घकालीन लाभ प्राप्त हुने बताउनुभयो ।(रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.