सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

माडी नगरपालिकाले सुरु गर्यो नगरवासीको आर्थिक अवस्थाको तथ्याङ्क सङ्कलन गर्न


  •    न्युजभित्तो/१८ मंसिर २०७७, बिहीबार १२:४१ 
  • माडी नगरपालिकाले नगरवासीको आर्थिक अवस्था पहिचान हुने गरी तथ्याङ्क सङ्कलन कार्यलाई अन्तिम चरणमा पुर्याएको छ । नगरपालिकाका ५० शिक्षकलाई सहयोगी कार्यकर्ताका रूपमा खटाएर विवरण लिन घरघरमा पठाएको हो ।

    नगरपालिकाका प्रमुख ठाकुर ढकालका अनुसार अब पाँच दिनभित्र खटिएकाले नगरपालिकालाई विवरण बुझाउँदै छन् । विवरण आएसँगै नगरपालिकाको वास्तविक जनसङ्ख्या र उनीहरूको आर्थिक अवस्था थाहा हुने छ । एक व्यक्तिले वार्षिकरूपमा कति आम्दानी गर्दछ, स्वदेशमा र विदेशमा कहाँ रोजगारी गर्दछ, व्यापार व्यवसाय के सञ्चालन गरेको छ जस्ता आर्थिकसँग जोडिएका सबै तथ्य प्राप्त हुने उहाँले जानकारी दिनुभयो । नगरवासीको बैंक खातादेखि जग्गाको अवस्थासमेत नगरपालिकालाई जानकारी हुने गरी विवरण सङ्कलन गरिएको छ ।

    यही तथ्याङ्कको आधारमा नगरवासीलाई वर्गीकरण गरेर आवश्यक सहयोग गरिने भएको छ । अति विपन्नको सूचीमा परेकालाई जीवनस्तर उकास्नका लागि आवश्यक सहयोग नगरपालिकाले गर्ने ढकालले बताउनुभयो । उहाँले भन्नुभयो, “हामी अति विपन्नका लागि स्वास्थ्य, शिक्षालगायतमा के सहयोग गर्न सक्छौँ ? योजना बनाएर काम गर्ने छौँ ।”

    पहिलो चरणमा अति विपन्नलाई नगरपालिकाले रकम तिरेर स्वास्थ्य बिमा गरिदिने ढकालको भनाइ छ । यसका लागि नगरपालिकाले रु ५० लाख विनियोजन गरेको छ । नगरपालिकाले विपन्न एक परिवारलाई रु एक लाख बराबरको स्वास्थ्य बिमा गर्न लागेको हो । नगरपालिकामा ४४ हजार जनसङ्ख्या रहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ
    इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेतमाथि तामाङद्वारा कार्यकक्षमै कुटपिट, दोषीलाई कडा कारवाहीको माग
    बाँकेमा रोपाइँ गर्न आकाशे पानीकोभर
    • अन्तर्वार्ता: सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ: परराष्ट्रमन्त्री खनाल
    • पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार
    • हुम्लामा सहुलियतको चामल बिक्री सुरु
    • आलेख: आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.