सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बिक्री गर्ने समयमा पाक्ने बेलाका सुन्तला झर्न थालेपछि म्याग्दीका किसान निराश


  •    न्युजभित्तो/१८ मंसिर २०७७, बिहीबार १२:३४ 
  • सुन्तला बिक्री गर्ने समयमा पाक्ने बेलाका फलहरु झर्न थालेपछि म्याग्दीका किसान निराश बनेका छन् । कीराको प्रकोपले सुन्तला पाक्ने समयमा पहेँला भएका सुन्तला झर्ने समस्या बढेको बेनी नगरपालिका–४ बाँस्कुनाका किसान तिलक गुरुङले जानकारी दिनुभयो ।

    बोटबाट बिक्री नगर्दै सुन्तला झर्न थालेपछि यस वर्ष जिल्लामा सुन्तला उत्पादनमा गिरावट आउने भएको छ । गत वर्षको तुलनामा यस वर्ष ३० देखि ४० प्रतिशत फल झरेर खेर गएको छ । गत वर्ष ४० लाखको सुन्तला निर्यात भएको बाँस्कुना क्षेत्रबाट यस वर्ष न्यून मात्रामा सुन्तला निर्यात हुने देखिएको किसान गुरुङको भनाइ छ ।

    बाँस्कुना, धामडाँडा, सुर्केमेला, भकिम्ली राखु, मरेक गाउँमासमेत सुन्तलामा कीराको प्रकोप देखिएको छ । जिल्लाको अन्नपूर्ण, रघुगङ्गा, मङ्गला र मालिका गाउँपालिकाका सुन्तला बगैँचामासमेत कीराको प्रकोप देखिन थालेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत रहेको सुन्तला जोन सञ्चालक समन्वय समितिका संयोजक खिमबहादुर पुनले जानकारी दिनुभयो ।

    सुन्तलाको व्यवसायीकरणमा सघाउन जोन परियोजना कार्यान्वयनमा ल्याइएको भए पनि रोक र सङ्क्रमण व्यवस्थापनमा परियोजनाले ध्यान नदिएको किसानको गुनासो छ । बोटबाट रोग सङ्क्रमित भएर झरेका फलमा हुने कीराका लार्भा माटोभित्र जाने खतरा हुने र यसको प्रकोप नियन्त्रण बाहिर जान सक्ने खतरा रहेकाले झरेका फलको व्यवस्थित व्यवस्थापन र नष्ट गर्न कृषि विज्ञको सुझाब छ । अहिले झरेका फलहरुको कीरा व्यवस्थापन नगरे केही वर्षमै यस क्षेत्रबाट सुन्तलाखेती लोप हुने खतरा रहेको जानकार बताउँछन् ।

    कृषि ज्ञान केन्द्र म्याग्दीले जिल्लामा सुन्तला बगैँचामा कीराको प्रकोप बढेको भन्दै किसानलाई झरेका फललाई व्यवस्थित व्यवस्थापन गर्न आग्रह गरेको छ । झरेका फलबाट थप अन्य बोटमा समेत कीरा फैलने भएकाले कार्यालयले झरेका फललाई व्यवस्थापन गर्न अनुरोध गरेको हो । जमिनको सतहबाट एक फुट गहिरो खाडल खनेर प्लाष्टिकको झोलामा राखेर माटोले पुर्नुपर्ने भएकाले किसानलाई निःशुल्क प्लाष्टिकको झोला उपलब्ध गराइएको कृषि ज्ञान केन्द्रका कृषिप्रसार अधिकृत गोविन्द पाण्डेले जानकारी दिनुभयो ।

    उहाँका अनुसार, म्याग्दीमा यस वर्ष सुन्तलाको फल ठूला लागे पनि कीराको प्रकोपले २५ प्रतिशतसम्म उत्पादन घट्ने अनुमान गरिएको छ । कार्यालयले स्थलगत रुपमा किसानका बगैँचामा पुगेर प्रकोपको अध्ययन र निरीक्षण गरेको र फल टिपिसकेपछि रोकथामका लागि आवश्यक कदम चाल्ने योजना बनाएको जनाइएको छ । जिल्लाको ६ वटै स्थानीय तहको ७०६ हेक्टर जमिनमा सुन्तलाखेती विस्तार भएको छ । गत वर्ष दुई हजार ४१२ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो ।(रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.