नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने कोरोना संक्रमणमुक्त न्युजभित्तो/१८ मंसिर २०७७, बिहीबार ११:४५ काठमाडौं, मंसिर १७ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त हुनुभएको छ । उहाँले आफू कोरोनाबाट मुक्त भएको बुधबार सामाजिक सञ्जालमार्फत जानकारी गराउनुभएको छ । राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी हुने तयारीमा रहनुभएका लामिछाने कोरोनाबाट सङ्क्रमित हुनुभएको थियो । पिसिआर रिपोर्ट पोजेटिभ आएसँगै उहाँ सेल्फ आइसोलेशनमा बस्नुभएको थियो । आइतबार श्वासप्रश्वासमा समस्या देखिएपछि लामिछानेलाई ह्याम्स अस्पताल भर्ना गरिएको थियो । केही दिनको आरामपछि उहाँ बिग ब्यास लिग खेल्न अष्ट्रेलिया जानुहुनेछ । अष्ट्रेलियामा यही डिसेम्बर तेस्रो सातादेखि बिग ब्यास लिग शुरु हुँदैछ । उहाँ तेस्रोपटक बिग ब्यास लिग खेल्ने तयारीमा हुनुहुन्छ । यसपटक लामिछानेले होबार्ट हुरिकेन्सबाट बिग ब्यास खेल्दै हुनुहुन्छ । तपाईको प्रतिक्रिया ताजा अपडेट चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
काठमाडौं, मंसिर १७ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त हुनुभएको छ ।
उहाँले आफू कोरोनाबाट मुक्त भएको बुधबार सामाजिक सञ्जालमार्फत जानकारी गराउनुभएको छ ।
राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी हुने तयारीमा रहनुभएका लामिछाने कोरोनाबाट सङ्क्रमित हुनुभएको थियो ।
पिसिआर रिपोर्ट पोजेटिभ आएसँगै उहाँ सेल्फ आइसोलेशनमा बस्नुभएको थियो ।
आइतबार श्वासप्रश्वासमा समस्या देखिएपछि लामिछानेलाई ह्याम्स अस्पताल भर्ना गरिएको थियो ।
केही दिनको आरामपछि उहाँ बिग ब्यास लिग खेल्न अष्ट्रेलिया जानुहुनेछ ।
अष्ट्रेलियामा यही डिसेम्बर तेस्रो सातादेखि बिग ब्यास लिग शुरु हुँदैछ ।
उहाँ तेस्रोपटक बिग ब्यास लिग खेल्ने तयारीमा हुनुहुन्छ ।
यसपटक लामिछानेले होबार्ट हुरिकेन्सबाट बिग ब्यास खेल्दै हुनुहुन्छ ।