सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सामाजिक कथामा आधारित चलचित्र ‘लक्ष्मी रानी’ को छायाङ्कन सकियो


  •    /७ जेष्ठ २०७६, मंगलवार १९:२० 
  • काठमाडौँ । नारी प्रधान विषयलाई केन्द्र विन्दुमा राखेर निर्माण गरिएको सामाजिक कथामा आधारित चलचित्र ‘लक्ष्मी रानी’को सम्पूर्ण छायाङ्कनको काम सकिएको छ । शुभेच्छा सिने फ्रेमको प्रस्तुति ‘लक्ष्मी रानी’ चलचित्र दुई महिनाको लगातार छायाङ्कन गरेर सकिएको निर्माण पक्षले जनाएको छ ।

    ‘लक्ष्मी रानी’ चलचित्र नायिका शुभेच्छा थापाको पहिलो निर्देशनमा बनेको चलचित्र हो । उनले यसअघि दर्जन भन्दा बढि चलचित्रमा मुख्य नायिका, निर्माता तथा सहायक निर्देशनको भूमिका निर्वाह गरिसकेकी छिन् । यो चलचित्रमा एउटा नारीले कसरी गाउँले जिवनयापनदेखि शहरिया शैलीलाई पछ्याएर जिन्दगी बिताउनका लागि सङ्घर्ष गर्नुपरेको छ भन्ने देखाउने प्रयास गरिएको छ ।

    द्वन्द्व, मनमुटाव, संघर्ष, गरिबी, शिक्षा र सफलतालाई यो चलचित्रको कथामा मुख्य जोड दिइएको निर्देशक थापाले जानकारी दिइन् । चलचित्रको निर्देशनको अलवा मुख्य निर्माता र कथा लेखन स्वयम् थापाले गरेकी हुन् ।

    ‘लक्ष्मी रानी’ मा शुभेच्छा थापा, धिरेन शाक्य, जयकिशन बस्नेत र भोजपुरी सुपरस्टार परदेशी साहको मु्ख्य भूमिका रहेको छ । नायिका शुभेच्छा थापाको यो चलचित्रमा दोहोरो भूमिका छ । अन्य कलाकारमा श्याम राई, शारदा गिरी, रश्मी भट्ट, खगेन्द्र नेपाल, कृष्ण सिवाकोटी, राजु गिरी रहेका छन् । चलचित्रमा सामाजिक तथा व्यवसायमा सफल व्यक्ति र नयाँ कलाकारहरुको पनि जोडदार प्रस्तुति रहेको छ ।

    विनोद त्रिपाठी, खेमराज लामिछाने, अञ्चल वान्तवाको समेत यो चलचित्रमा अभिनय रहेको छ । चलचित्रको निर्माता समेत रहेका त्रिपाठी राष्ट्रिय दैनिक पत्रिकाहरुमा सफल सम्पादकको रुपमा काम गरिसकेका चर्चित पत्रकार हुन् । लामिछाने बिमा कम्पनी तथा हाइड्रोपावर व्यवसायमा संलग्न छन् । वान्तवा साहित्य लेखनमा लाग्दै आएका छन् । यो चलचित्रमा कमल साउद, सावित्री चिलुवाल, रामु विरही, माधव प्रसाद सिग्देल, जीवन खड्गी, नवराज पाण्डे, विनोद ठाकुर, दामोदर ढकाल, लक्ष्मी राई, नविन चापागाईं, शारदा राईलगायतका कलाकारहरुको अभिनय रहेको छ ।

    चलचित्रमा ‘लक्ष्मी रानी लाई…….’ भन्ने बोलको शीर्ष गीत रहेको छ । जसमा गायिका तथा गायकमा जुनु रिजाल, दौलत राई र गीतकार लोक राई रहेका छन् । अर्को, ‘फूल्यो सयपत्री……. ’ बोलको गीतमा गायक गायिका ध्रुवराज अधिकारी, संगिता तिमिल्सेना र गीतकार शंकर अधिकारी ‘घायल’ रहेका छन् । दुवै गितमा चर्चित युवा संगीतकार बबुल गिरीको संगीत रहेको छ ।

    चलचित्रलाई रामेश्वर हुमागाईं र दुर्गा वान्तवा राईले छायाङ्कन गरेका छन् । सम्पादन ललितसिंह साउद, नृत्यमा विवेक थापा, साइमन राजवंशी र खगेन्द्र नेपालको मुख्य जिम्मेवारी रहेको छ । चलचित्र वितरण प्रदर्शनका लागि आरआर फिल्स् प्रालिले जिम्मा लिएको छ । चलचित्रको यतिबेला धमाधम डबिङको काम भइरहेको र यहि २०७६ सालको तिहारमा प्रदर्शनमा आउने तयारी थालिएको निर्माण पक्षले जनाएको छ ।

    ‘लक्ष्मी रानी’ चलचित्र सुदुरपश्चिमको दार्चुला, नेपालगञ्ज, चितवनको सौराहा, काभ्रेको पनौती र काठमाडौँमा सुटिङ गरिएको थियो । यो चलचित्रमा हाम्रो समाजमा नारीहरुले जीवन जिउनका लागि कसरी संघर्ष गर्नु परेको छ भन्ने देखाउन खोजिएकोले सम्पूर्ण नेपाली दर्शकलाई ‘लक्ष्मी रानी’ मनपर्ने निर्देशक थापाले दावी गरिन् । ‘नेपाली चलचित्र क्षेत्रमा यो फिल्मले ब्रेक थ्रु’ गर्नेछ, उनले भनिन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रवि र छविको निवेदन उच्च अदालतको ‘हेर्दाहेर्दै’मा, आइतबारलाई अर्को पेसी
    वीरगञ्ज भन्सारद्वारा १० महिनामा एक खर्ब ४० अर्ब राजस्व सङ्कलन
    गर्मीले चिनिने चितवनमा इच्छाकामनाका शितल पर्यटकीय गन्तव्यहरु 
    • मुस्ताङमा सार्वजनिक जग्गामा स्याउखेती
    • भरतपुर वडा नम्बर २४ बालमैत्री वडा घोषणा
    • सामुदायिक विद्यालय चन्दाबाट पूर्ण आवासीय
    • श्रीमान्-श्रीमतीले गरे कामदारको हत्या

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.