सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सामाजिक कथामा आधारित चलचित्र ‘लक्ष्मी रानी’ को छायाङ्कन सकियो


  •    /७ जेष्ठ २०७६, मंगलवार १९:२० 
  • काठमाडौँ । नारी प्रधान विषयलाई केन्द्र विन्दुमा राखेर निर्माण गरिएको सामाजिक कथामा आधारित चलचित्र ‘लक्ष्मी रानी’को सम्पूर्ण छायाङ्कनको काम सकिएको छ । शुभेच्छा सिने फ्रेमको प्रस्तुति ‘लक्ष्मी रानी’ चलचित्र दुई महिनाको लगातार छायाङ्कन गरेर सकिएको निर्माण पक्षले जनाएको छ ।

    ‘लक्ष्मी रानी’ चलचित्र नायिका शुभेच्छा थापाको पहिलो निर्देशनमा बनेको चलचित्र हो । उनले यसअघि दर्जन भन्दा बढि चलचित्रमा मुख्य नायिका, निर्माता तथा सहायक निर्देशनको भूमिका निर्वाह गरिसकेकी छिन् । यो चलचित्रमा एउटा नारीले कसरी गाउँले जिवनयापनदेखि शहरिया शैलीलाई पछ्याएर जिन्दगी बिताउनका लागि सङ्घर्ष गर्नुपरेको छ भन्ने देखाउने प्रयास गरिएको छ ।

    द्वन्द्व, मनमुटाव, संघर्ष, गरिबी, शिक्षा र सफलतालाई यो चलचित्रको कथामा मुख्य जोड दिइएको निर्देशक थापाले जानकारी दिइन् । चलचित्रको निर्देशनको अलवा मुख्य निर्माता र कथा लेखन स्वयम् थापाले गरेकी हुन् ।

    ‘लक्ष्मी रानी’ मा शुभेच्छा थापा, धिरेन शाक्य, जयकिशन बस्नेत र भोजपुरी सुपरस्टार परदेशी साहको मु्ख्य भूमिका रहेको छ । नायिका शुभेच्छा थापाको यो चलचित्रमा दोहोरो भूमिका छ । अन्य कलाकारमा श्याम राई, शारदा गिरी, रश्मी भट्ट, खगेन्द्र नेपाल, कृष्ण सिवाकोटी, राजु गिरी रहेका छन् । चलचित्रमा सामाजिक तथा व्यवसायमा सफल व्यक्ति र नयाँ कलाकारहरुको पनि जोडदार प्रस्तुति रहेको छ ।

    विनोद त्रिपाठी, खेमराज लामिछाने, अञ्चल वान्तवाको समेत यो चलचित्रमा अभिनय रहेको छ । चलचित्रको निर्माता समेत रहेका त्रिपाठी राष्ट्रिय दैनिक पत्रिकाहरुमा सफल सम्पादकको रुपमा काम गरिसकेका चर्चित पत्रकार हुन् । लामिछाने बिमा कम्पनी तथा हाइड्रोपावर व्यवसायमा संलग्न छन् । वान्तवा साहित्य लेखनमा लाग्दै आएका छन् । यो चलचित्रमा कमल साउद, सावित्री चिलुवाल, रामु विरही, माधव प्रसाद सिग्देल, जीवन खड्गी, नवराज पाण्डे, विनोद ठाकुर, दामोदर ढकाल, लक्ष्मी राई, नविन चापागाईं, शारदा राईलगायतका कलाकारहरुको अभिनय रहेको छ ।

    चलचित्रमा ‘लक्ष्मी रानी लाई…….’ भन्ने बोलको शीर्ष गीत रहेको छ । जसमा गायिका तथा गायकमा जुनु रिजाल, दौलत राई र गीतकार लोक राई रहेका छन् । अर्को, ‘फूल्यो सयपत्री……. ’ बोलको गीतमा गायक गायिका ध्रुवराज अधिकारी, संगिता तिमिल्सेना र गीतकार शंकर अधिकारी ‘घायल’ रहेका छन् । दुवै गितमा चर्चित युवा संगीतकार बबुल गिरीको संगीत रहेको छ ।

    चलचित्रलाई रामेश्वर हुमागाईं र दुर्गा वान्तवा राईले छायाङ्कन गरेका छन् । सम्पादन ललितसिंह साउद, नृत्यमा विवेक थापा, साइमन राजवंशी र खगेन्द्र नेपालको मुख्य जिम्मेवारी रहेको छ । चलचित्र वितरण प्रदर्शनका लागि आरआर फिल्स् प्रालिले जिम्मा लिएको छ । चलचित्रको यतिबेला धमाधम डबिङको काम भइरहेको र यहि २०७६ सालको तिहारमा प्रदर्शनमा आउने तयारी थालिएको निर्माण पक्षले जनाएको छ ।

    ‘लक्ष्मी रानी’ चलचित्र सुदुरपश्चिमको दार्चुला, नेपालगञ्ज, चितवनको सौराहा, काभ्रेको पनौती र काठमाडौँमा सुटिङ गरिएको थियो । यो चलचित्रमा हाम्रो समाजमा नारीहरुले जीवन जिउनका लागि कसरी संघर्ष गर्नु परेको छ भन्ने देखाउन खोजिएकोले सम्पूर्ण नेपाली दर्शकलाई ‘लक्ष्मी रानी’ मनपर्ने निर्देशक थापाले दावी गरिन् । ‘नेपाली चलचित्र क्षेत्रमा यो फिल्मले ब्रेक थ्रु’ गर्नेछ, उनले भनिन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.