सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कुनै पनि ठाउँमा मल अभाव नभएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको दावी


  •    न्युजभित्तो/१७ मंसिर २०७७, बुधबार १७:२१ 
  • १७ मंसिर, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले देशका कुनै पनि ठाउँमा मल अभाव नभएको दावी गरेको छ । गहुँ, तोरी तथा तरकारीका लागि आवश्यक मल उपलब्ध रहेको भन्दै हल्लाको पछि नलाग्न मन्त्रालयले पत्रकार सम्मेलन मार्फत आग्रह गरेको छ ।

    ‘धेरै मात्रामा मल उपलब्ध भएर वितरण भईरहेका छन्, खरिद भइसकेका मल पनि निरन्तर मुलुकमा भित्री रहेको छ’, कृषि सचिव डा। योगेन्द्रकुमार कार्कीले भने । कृषि समाग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङमार्फत डीएपी, पोटास र युरिया मलको वितरण भइरहेको पनि सचिव कार्कीले बताए ।

    मन्त्रालयका अनुसार साल्ट ट्रेडिङ कर्पोरेसनसँग युरिया १८ हजार मेट्रिक टन, १३ हजार मेट्रिक टन डीएपी मौज्दात रहेको र ३० हजार मेट्रिक टन युरिया छिटै ल्याउने मन्त्रालयले जनाएको छ ।

    त्यस्तै कृषि सामग्री कम्पनीसँग ३०० मेट्रिक टन पोटास, १३ हजार ८२१ मेट्रिक टन डीएपी, १२ सय मेट्रिक टन युरिया रहेको छ । उसले ९ हजार ७०४ मेट्रिक टन पोटास, ३० हजार मेट्रिक टन युरिया र १० हजार मेट्रिक टन डीएपी नेपाल भित्रिँदै गरेको पनि मन्त्रालयको दावी छ ।

    बंगलादेशसंग मल खरिदका लागि ढोका खुल्लै राखेर ओमान र भारतसँग जीटूजीमा मल खरिदका लागि छलफल थालिएको पनि मन्त्रालयले जनाएको छ ।

    मल वितरणका लागि स्थानीय तहलाई जिम्मेवार बनाउँदै लगिएको र मल वितरण अनलाईनमार्फत ट्रयाकिङ गर्न सफ्टवेयर प्रयोग अन्तिम चरणमा पुगेको पनि मन्त्रालयले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाँकेमा १५६ विभिन्न वन्यजन्तुको उद्धार
    नेप्से परिसूचक २६ अङ्कले घट्यो
    गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका सबै ठूला घर भत्काइयो
    • सीमा निर्धारणमा भएको ढिलाइले बेनीमा सडक आयोजना प्रभावित
    • नदीमा माछा पाइन छाडेपछि पुर्ख्यौली पेसा सङ्कटमा
    • नेपालगन्ज विमानस्थलमा आजदेखि निःशुल्क ट्रलीबस सेवा सुरु
    • व्यवसायी गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन आदेश

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.