१७ मंसिर, काठमाडौं । सहमती विपरीत काम अघि बढाएको भन्दै खोकनावासीले काठमाडौं–तराईरमधेश द्रुतमार्ग आयोजनाको काममा अवरोध गरेका छन् ।
खुदोलमा निर्माणाधीन द्रुतमार्गको प्रवेश बिन्दुमा पुगेर स्थानीयले विरोध गरेका हुन् । आयोजनाले खोकना, बुङमती र डुकुछापका स्थानीयले चित्त बुझाएर जग्गा अधिग्रहण गर्न सकेको छैन ।
द्रुतमार्ग निर्माणको जिम्मेवारी पाएको जिम्मेवारी लिएको नेपाली सेनाले खोकनासहित कुल ८०७ रोपनी जग्गाको मुआब्जा वितरण गर्न बाँकी रहेको जनाएको छ ।
सरकारले वार्ता नगर्ने तर सुरक्षाकर्मी लगाएर जबरजस्ती काम अघि बढाएको स्थानीयको आरोप छ ।