सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपाल प्रहरीका तीन प्रहरी अधिकृतलाई निलम्बन


  •    न्युजभित्तो/१७ मंसिर २०७७, बुधबार १६:१० 
  • काठमाडौँ, १७ मङ्सिर । गृहमन्त्रालयले आचरण विपरीत काम गरेका आरोपमा नेपाल प्रहरीका तीन प्रहरी अधिकृतलाई निलम्बन गरेको छ । निलम्बनमा पर्नेमा प्रहरी उपरीक्षक (एसपी) विमल बस्नेत र रामेश्वरप्रसाद यादव तथा प्रहरी निरीक्षक मेघराजप्रसाद चौरासिया छन् । मन्त्रालयको मङ्गलबारको सचिवस्तरीय निर्णयले तिनलाई निलम्बन गरिएको प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो ।

    प्रहरी वरिष्ठ उपरीक्षक कुँवरका अनुसार घटनाका विषयमा अहिले छानबिन भइरहेको र कसुरको मात्रा हेरी कारवाही हुनेछ । तीनै जनामाथि विगतमा कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयमा रहँदा आचरण विपरीत र गैरव्यावसायिक कार्य गरेको आरोप छ ।

    यादव हाल महानगरीय ट्राफिक प्रहरी महाशाखामा प्रवक्ताका रुपमा, बस्नेत महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा र चौरासिया इलाका प्रहरी कार्यालय कपिलकोट सिन्धुलीमा कार्यरत छन् । मन्त्रालयका अनुसार उनीहरुले प्रहरी सङ्गठनको छविमा आँच आउने एवं अन्य प्रहरी कर्मचारीलाई असर पुरायाउने किसिमको कार्य गरेको जानकारी प्राप्त भई प्रारम्भिक छानबिन गर्दा आफूलाई सुम्पिएको जिम्मेवारी र दायित्व पूरा नगरेको पाइएको छ ।

    मन्त्रालयले प्रहरी नियमावली,२०७१ विपरीत आचरण, व्यवहार तथा गैरव्यावसायिक कार्य गरेको पुष्टि हुन आएकाले थप जाँचबुझ एवं छानबिन गर्न प्रहरी नियमावली, २०७१ को नियम ११५ को ९४० बमोजिम सचिवस्तरको निर्णयअनुसार बढीमा ६ महिनाका लागि निलम्बन गरिएको जनाएको छ । केही दिनअघि मात्रै मन्त्रालयले इलाका प्रहरी कार्यालय मालाखेती कैलालीका प्रहरी नायब उपरीक्षक भरतराज चौधरीलाई पनि निलम्बन गरेको थियो । (रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ
    इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेतमाथि तामाङद्वारा कार्यकक्षमै कुटपिट, दोषीलाई कडा कारवाहीको माग
    बाँकेमा रोपाइँ गर्न आकाशे पानीकोभर
    • अन्तर्वार्ता: सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ: परराष्ट्रमन्त्री खनाल
    • पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार
    • हुम्लामा सहुलियतको चामल बिक्री सुरु
    • आलेख: आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.