सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

संसारको सबैभन्दा प्रदूषित शहरमा काठमाडौं तेस्रो नम्बरमा


  •    न्युजभित्तो/१७ मंसिर २०७७, बुधबार १३:१५ 
  • काठमाडौं, १७ मंसिर ।  अमेरिकास्थित एक संस्थाले जारी गरेको ताजा रिपोर्टअनुसार पाकिस्तानको सांस्कृतिक राजधानी लाहौर संसारमै सबैभन्दा प्रदूषित सहरमा परेको छ। यूएस एयर क्वालिटी इन्डेक्सको रिपार्टले दोस्रो प्रदूषित सहरमा नयाँदिल्लीलाई राखेको छ। लाहौरमा अति सूक्ष्म कण अर्थात् पार्टीकुलेट म्याटर (पीएम) को रेटिङ ४२३ पुगेको छ। पाकिस्तानकै अर्को सहर कराची संसारको १० प्रदूषित सहरभित्र परेको छ। भारतको राजधानी नयाँदिल्ली २२९ एक्यूआई (एयर क्वालिटी इन्डेक्स) सहित दोस्रो प्रदूषित सहरमा परेको छ। यता, हाम्रो राजधानी काठमाडौं तेस्रो नम्बरमा परेको छ। काठमाडौंको पीएम १७८ रहेको छ।

    अमेरिकी पर्यावरण संरक्षण एजेन्सी ५० भित्र परेको एक्यूआईलाई सन्तोषजनक मान्छ। लाहौरको एक्यूआई ३०१ भन्दा बढी छ।पाकि स्तानमा प्रदूषणमाथि लगाम लगाउने प्रयास हुँदै आएको छ। पन्जाब प्रान्तमा आपदा प्रबन्धन प्राधिकरणलाई सरकारले ६१३ इँटा उद्योग, २१४८ उद्योग तथा ८५७९ वाहन बन्द गर्नका लागि मिति तोकिदिएको छ। प्रदूषण फैलाएको आरोपमा त्यहाँ ४७८ जनालाई गिरफ्तारसमेत गरिएको छ।

    नेपालमा सरकारी तवरबाट वातावरण प्रदूषण नियन्त्रणका लागि प्रभावकारी कदम चालिएको छैन। बेलाबखत सभा, समारोह वा सेमिनार हुनु र त्यसबखत प्रदूषण फैलिएकोमा चिन्ता प्रकट गर्ने कामबाहेक तात्विक असरदार निर्णय हुन सकेको छैन। सरकारले केही वर्षअघि काठमाडौं लगायतका केही सहरमा हर्न निषेध गरेको थियो। यसबाट ध्वनि प्रदूषण नियन्त्रण हुने अपेक्षा गरिएको थियो। तर, अहिले जताततै अनावश्यक ढंगमा हर्न बजिरहेको सुनिन्छ, प्रहरीले यसमा कुनै नियन्त्रण गर्न सकेको छैन।

    उपत्यकामा रहेको इँटाभट्टा तथा अन्य उद्योगको प्रकृति हेरेर उपत्यकाबाहिर लैजाने नीति पनि सरकारले केही समयअघि लिएको थियो। तर, त्यो पनि कार्यान्वयनमा आउन सकेको छैन।

     

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.