सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेकपा सचिवालय बैठक बालुवाटारमा बस्दै


  •    न्युजभित्तो/१७ मंसिर २०७७, बुधबार १३:०३ 
  • काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज १ बजेका लागि बोलाइएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो बस्ने बैठकमा अध्यक्षको प्रस्तावमाथि छलफल हुने कार्यसूची छ ।
    प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली आज अन्य काममा व्यस्त रहनु भएपनि बैठक १ बजे नै बालुवाटारमा बस्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । कार्य व्यस्तताका कारण पुरै समय भने उहाँ बस्न नसक्ने बताइएको छ । अध्यक्ष ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्ताव अराजनीतिक, झुठको पुलिन्दा र आरोपपत्र मात्र भएकाले फिर्ता हुनुपर्ने माग राख्नुभएको छ ।
    अध्यक्ष प्रचण्डले आफ्नो प्रस्ताव फिर्ता लिने कुनै संकेत नगर्नु भएपछि त्यसमाथि छलफल हुने नहुने अन्यौल कामयै छ । सचिवालय बैठकमा नेताहरुले छलफल र संवादबाटै सो विवादको निक्र्यौल गर्नुपर्ने सुझाव दिनुभएको छ । कात्तिक २८ गते अध्यक्ष प्रचण्डले १९ पृष्ठको प्रस्ताव सचिवालय बैठकमा राख्नुभएको थियो ।
    अध्यक्ष तथा प्रधानमन्त्री ओलीले मंसिर १३ गते सो प्रस्तावमा लगाइएको आरोपको खण्डन गर्दै ३८ पृष्ठको ५३ बुँदे प्रस्ताव पेश गर्नुभएको थियो । सो दुवै प्रस्ताव अध्ययनका लागि सचिवालयका सदस्यहरुलाई वितरण गरिएको छ । तर बैठकमा सो दुवै प्रस्तावमाथि छलफल हुने या नहुनेबारे टुङ्गो लागिसकेको छैन । हिजो मंगलबार १६ गते बसेको बैठकमा समेत अध्यक्ष ओलीले अध्यक्ष प्रचण्डलाई आफ्नो प्रस्ताव फिर्ता लिन आग्रह गर्नुभएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ
    इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेतमाथि तामाङद्वारा कार्यकक्षमै कुटपिट, दोषीलाई कडा कारवाहीको माग
    बाँकेमा रोपाइँ गर्न आकाशे पानीकोभर
    • अन्तर्वार्ता: सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ: परराष्ट्रमन्त्री खनाल
    • पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार
    • हुम्लामा सहुलियतको चामल बिक्री सुरु
    • आलेख: आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.