शुद्ध पिउने पानी प्रदान गर्न महानगर योजनाबद्ध ढंगले अगाडि बढेको छ : प्रमुख दाहाल
न्युजभित्तो/१७ मंसिर २०७७, बुधबार ११:५३
भरतपुर, १७ मंसिर । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले नगरवासीलाई गुणस्तरीय र शुद्ध पिउने पानी प्रदान गर्न महानगर योजनाबद्ध ढङ्गले अगाडी बढिरहेको बताउनु भएको छ । मंगलबार भरतपुर महानगरपालिका वडा नम्बर ६ मा गितानगर खानेपानी आयोजनाको ओभरहेड टंयाकी निर्माणको शिलान्यास गर्दै प्रमुख दाहालले सो कुरा बताउनु भएको हो ।
उहाँले संविधानले शुद्ध पिउने पानीलाई नागरिकको नैसर्गिक अधिकारको रूपमा लिएकोले बताउदैं सोहि बमोजिम महानगरपालिका र बोर्ड मार्फत काम अगाडी बढाइरहेको जानकारी दिनुभयो । उहाँले खानेपानीलाई व्यवस्थित गर्न पाइपलाइन विस्तार र आयोजनाहरूको बिस्तारमा सरोकारवाला निकायहरूसँग समन्वय गरेर अगाडी बढ्न आग्रह गर्नुभयो ।
भरतपुर खानेपानी बोर्डको अध्यक्ष समेत रहनुभएको प्रमुख दाहालले तोकिएकै समयमा गुणस्तरीय ढंगले योजना निर्माण सम्पन्न गर्न निर्माण ब्यवसायीलाई आग्रह गर्दै प्राविधिक र उपभोक्ता समितिलाई सहजिकरण र गुणस्तर कायममा अनुगमन गर्न निर्देशन समेत दिनुभएको छ । थुप्रै आयोजनाहरू अगाडी बढीरहेको उल्लेख गर्दै प्रमुख दाहालले भरतपुर महानगरपालिका वडा न ११ को जखडीमाइमा ८६ करोड रूपयाँको लागतमा खानेपानीको योजना निर्माण अन्तिम चरणमा पुगेको बताउनुभयो । उहाँले वडा न १९ को शारदानगरमा १८ ,१९ र २० न वडाका स्थानीयलाई सेवा प्रवाह हुने गरी ८४ करोडको लागतमा अर्को आयोजना पनि संचालन गर्ने गरी छलफल अन्तिम चरणमा पुगेको जानकारी थिइन् ।
सोही कार्यक्रममा भरतपुर खानेपानी बोर्डका कार्यकारी निर्देशक प्रजापति दाहालले भरतपुर खानेपानी बोर्डले भरतपुर महानगरपालिकाको वडा न १ देखि १६ सम्म ब्यवस्थित प्रणाली मार्फत शुद्ध पिउने पानी उपलब्ध गराइरहेको बताउदै अन्य स्थानमा समेत बिस्तारको काम अगाडी बढिरहेको बताउनुभयो । बोर्डले साना ठूला सबै आयोजना निर्माण गरिरहेको बताउदै उहाँले यो आयोजना पनि तोकिएकै समयमा गुणस्तरीय ढंगले निर्माण गरी खानेपानी सेवा प्रवाह निर्वाध रुपले संचालन हुने बताउनुभयो । उहाँले बोर्डको तर्फबाट यस आयोजनालाइ गर्नुपर्ने आवश्यक सहयोग सम्पूर्ण उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालयका प्रमुख सन्जय दासले गत आर्थिक बर्षमा डिप बोरिङ्ग निर्माण सम्पन्न भैसकेका बताउदै यस आर्थिक बर्षमा सम्पन्न गर्ने गरी १ करोड ४४ लाखको लागतमा ४ लाख ५० हजार लिटर क्षमताको पानी टंयाकी निर्माणको काम सुरू भएको बताउनुभयो । उहाँले यो योजना निर्माणको जिम्मा कृपा कन्सट्रक्सनले १ बर्ष भित्रमा सक्नेगरी आगाडी बढाएको पनि उहाँले जानकारी दिनुभयो । यस आयोजनाबाट वडा न ६ र यस वरपरका सेवाग्राहीहरू लाभान्बित हुनेछन् ।
गितानगर खानेपानी आयोजनाका अध्यक्ष एवं वडा न ६ का वडा अध्यक्ष हरिबिलास कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष कोईरालाले तोकिएकै समयमा आयोजनाको काम सम्पन्न हुने प्रतिबद्धता व्यक्त गरेका थिए । भरतपुर महानगरपालिका क्षेत्र भित्र बोर्ड, आयोजना र उपभोक्ता समिति गरी महानगर क्षेत्र भित्र ८४ प्रतिशत शुद्ध र व्यवस्थित प्रणाली अन्तर्गत खानेपानीको पहुँच पुगेको भरतपुर खानेपानी बोर्डका कार्यकारी निर्देशक प्रजापति दाहालले बताउनुभयो ।