सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपालमा पहिलोपटक गरिएको आनुवंशिक संरचनाको अध्ययन सफल


  •    न्युजभित्तो/१६ मंसिर २०७७, मंगलवार १७:०६ 
  • काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का विज्ञहरुले नेपालमा भेटिएको कोभिड–१९ भाइरसको प्रकृति भारत, बंगलादेश, साउदी अरेबिया, युरोप र अमेरिकामा फैलिएको भाइरससँग मिल्दोजुल्दो रहेको निष्कर्ष निकालेका छन् ।

    गत असारमा थालिएको भाइरसको आनुवंशिक संरचनाको अध्ययनबाट चीनको वुहानबाट फर्किएका व्यक्तिमा देखिएको भन्दा सार्स–कोभिडको भाइरस फरक प्रकृतिको देखिएको तथ्य पत्ता लागेको हो ।

    यो अध्ययनले नेपालले ल्याउने खोपको प्रभावकारिता र संक्रमणको फैलावटबारे जानकारी पाउन सहयोग गर्नेछ ।

    कोभिड–१९ भाइरसको आनुवंशिक पहिचान पत्ता लगाउन, यसको प्रकृतिमा आएको परिवर्तन तथा नेपालले ल्याउने खोपको प्रभावकारिता हेर्न गत असार १२ देखि साउन २६ सम्म स्वास्थ्य अनुसन्धान परिषद्ले देशभरिबाट १५ ओटा नमुना संकलन गरी भाइरसको आनुवंशिक अध्ययन थालेको थियो ।

    सो अध्ययनले चीनको वुहानबाट फर्किएका व्यक्तिमा देखिएको भन्दा सार्स–कोभिडको भाइरस फरक प्रकृतिको रहेको देखाएको छ ।

    विज्ञहरुले नेपालमा भेटिएको कोभिड–१९ भाइरसको प्रकृति भारत, बंगलादेश, साउदी अरेबिया, युरोप र अमेरिकामा फैलिएको भाइरससँग मिल्दोजुल्दो रहेको निष्कर्ष निकालेका छन् ।

    परिषद्ले औपचारिकरुपमा अध्ययनको रिपोर्ट सार्वजनिक नगरेपनि यही साताभित्रै सार्वजनिक गर्ने तयारी थालेको छ ।

    परिषद्का सदस्यसचिव तथा कार्यकारी प्रमुख डा। प्रदीप ज्ञवालीले आनुवंशिक संरचनाको अध्ययनबाट विभिन्न देशले बनाइरहेका कोभिडविरुद्धका खोपहरु नेपालमा कत्तिको प्रभावकारी हुन्छन् भनेर निर्क्योल गर्न तथा रोग कसरी फैलिएको छ भनी बुझ्न सहयोगी बनेको बताउनुहुन्छ ।

    परिषद्काअनुसार जनस्वास्थ्य प्रयोगशाला टेकु, प्राइभेट अस्पताल, काठमाडौं विश्वविद्यालयलगायत फरक ठाउँ, उमेर समूह तथा स्थलगत र जहाजमार्फत् नेपाल भित्रिएका व्यक्तिबाट स्वाबको नमुना संकलन गरिएको थियो ।

    सदस्यसचिव डा। ज्ञवाली अहिले गरिएको अध्ययनलाई निरन्तरता दिनुपर्ने बताउनुहुन्छ ।

    नेपालमा पहिलोपटक गरिएको आनुवंशिक संरचनाको अध्ययन सफल भएको परिषद्को दाबी छ ।

    अध्ययनलाई सरकारले निरन्तरता दिए कोरोनाविरुद्धको लडाइँमा सफलता मिल्न सक्ने देखिन्छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाँकेमा १५६ विभिन्न वन्यजन्तुको उद्धार
    नेप्से परिसूचक २६ अङ्कले घट्यो
    गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका सबै ठूला घर भत्काइयो
    • सीमा निर्धारणमा भएको ढिलाइले बेनीमा सडक आयोजना प्रभावित
    • नदीमा माछा पाइन छाडेपछि पुर्ख्यौली पेसा सङ्कटमा
    • नेपालगन्ज विमानस्थलमा आजदेखि निःशुल्क ट्रलीबस सेवा सुरु
    • व्यवसायी गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन आदेश

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.