सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रजातान्त्रिक योद्धा खडानन्द पौडेलको निधन


  •    न्युजभित्तो/१६ मंसिर २०७७, मंगलवार १५:०४ 
  • चितवन । नेपालको प्रजातान्त्रिक आन्दोलनका युद्धा नेपाली कांग्रेसका पुराना नेता खडानन्द पौडेलको निधन भएको छ । रत्ननगर नगरपालिका वडा नं. १, बकुलहर निवासी पौडेलको ९३ वर्षको उमेरमा सोमबार साँझ निधन भएको हो ।

    बि.सं. २०१५ सालमा कांग्रेस नेता वीपी कोईरालासँगै गीत गाउँदै चुनावी अभियानमा जुट्नु भएका योद्धा पौडेलले जागरण फैलाउने काम गर्नुभएको थियो । “ईनक्लब दाजुभाई जिन्दावाद भनन्, तिमी पनि दाजुभाई कांग्रेसै बनन्” जस्ता गीत गाएर उहाँ चर्चामा आउनु भएको थियो ।

    बि.सं. १९८५ साल बैशाख २८ गते बाग्लुङको बिनामारेमा जन्मिनु भएका पौडेलले भारतको वनारसबाट शास्त्री अध्ययन गर्नुभएको थियो । उहाँले बि.सं. २०१७ सालमा प्रजातान्त्रिक आन्दोलनको क्रममा १० महिना जेलजीवन बिताउनु भएको छ ।

    पौडेल बि.सं. २०३६ सालको जनमतसंग्रहमा रत्ननगरको पार्टी उपाध्यक्ष, २०४६ सालको आन्दोलनमा नेपाली कांग्रेस र संयुक्त जनमोर्चाको रत्ननगर संयोजक, २०४४ सालदेखि २०५६ सालसम्म नेपाली कांग्रेस रत्ननगरको सभापति हुनु भएको कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले न्यूजभित्तोलाई जानकारी दिनुभयो ।

    भारतीय सेनाका धर्मगुरुको रुपमा १० वर्ष काम गर्नुभएका पौडेलले उक्त काम छोरी नेपाल आएपछि बाग्लुङको बिनामारे र चितवनको रत्ननगरमा शिक्षा र समाजसेवाको क्षेत्रमा पनि उल्लेखनीय कार्य गर्नुभएको छ ।

    आफ्नो बाबुको चुनावमा समेत खटिनुभएका पौडेलको पार्थीव शरीरमा वीपी पुत्र एवं नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोईरालाले मंगलबार निवासमा पुगेर पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । पौडेलका चार छोरा मध्ये हाल तीन छोरा र दुई छोरी छन् । उहाँका छोरातर्फ १५ र छोरीतर्फ ४ गरी १९ नातिनातिना रहेका छन् ।

    यस्तै महामन्त्री कोईरालाले आजै रत्ननगरमा दिवंगत हुनुभएका कांग्रेस नेता कृष्णप्रसाद पौडेलको पार्थीव शरीरमा पनि घरमै पुगेर पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । बि.सं. १९९३ फागुन १० गते बाग्लुङको अमलाचौरमा जन्मिनु भएका पौडेलले बि.सं. २००७ सालदेखि १७ सालसम्म पटक पटक जेल जीवन बिताउनु भएको थियो । बि.सं. २०४६ सालको जनआन्दोलनमा उहाँको टाउकोमा गोली लागेको कांग्रेस चितवनले जनाएको छ । उहाँका दुई छोरा र चार छोरी छन् । दुवै जनाको आजै मंगलबार देवघाटमा अन्त्येष्टि गरिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाँकेमा १५६ विभिन्न वन्यजन्तुको उद्धार
    नेप्से परिसूचक २६ अङ्कले घट्यो
    गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका सबै ठूला घर भत्काइयो
    • सीमा निर्धारणमा भएको ढिलाइले बेनीमा सडक आयोजना प्रभावित
    • नदीमा माछा पाइन छाडेपछि पुर्ख्यौली पेसा सङ्कटमा
    • नेपालगन्ज विमानस्थलमा आजदेखि निःशुल्क ट्रलीबस सेवा सुरु
    • व्यवसायी गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन आदेश

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.