सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सभा, जुलुस र प्रदर्शन नगर्न आग्रह


  •    न्युजभित्तो/१६ मंसिर २०७७, मंगलवार १५:०० 
  • काठमाडौं। जिल्ला प्रशासन कार्यालय काठमाडौंले सभा, जुलुस र प्रदर्शन नगर्न आग्रह गरेको छ ।

    मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोना संक्रमणको जोखिम कायमै रहेकाले संक्रमणको स्थितिलाई भयावह बनाउने किसिमका कुनैपनि सभा, जुलुस र प्रदर्शन नगर्न आग्रह गरेको हो ।

    पछिल्लो केही समययता विभिन्न माग राखी काठमाडौंमा राजनीतिक तथा अन्य भिडभाडजन्य गतिविधि बढिरहेको भन्दै जिल्ला प्रशासनले त्यस्ता गतिविधि नगर्न सूचना जारी गरेको हो ।

    विज्ञप्तिमा सभा, जुलुस, प्रदर्शन र अभियान सञ्चालन स्थानीय प्रशासन ऐन–२०२८ र संक्रामक रोग ऐन २०२० विपरीत हुने उल्लेख छ ।

    प्रशासन कार्यालयले प्रशासनको अनुरोधविपरीत सभा, जुलुस र प्रदर्शन गरी भिडभाड गरे स्थानीय प्रशासन ऐन र संक्रामक रोग ऐनबमोजिम कारबाही गरिने चेतावनीसमेत दिएको छ ।

    पछिल्लो समय विभिन्न समूहबाट विभिन्न माग राखी विरोध प्रदर्शन गर्नेक्रम बढेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.