सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रधानमन्त्रीद्वारा सूचना महामार्गको शिलान्यास


  •    /६ जेष्ठ २०७६, सोमबार २०:३९ 
  • काठमाडौँ । दूरदराजका जनतालाई सूचनाको पहुँचमा पु¥याउने उद्देश्यका साथ सरकारले मध्यपहाडी लोकमार्गमा सूचना महामार्ग निर्माण शुरु गरेको छ । शहरदेखि गाउँसम्म द्रुत गतिको इन्टरनेट सेवा उपलब्ध गराउन नेपाल टेलिकमले आजदेखि ‘अप्टिकल फाइबर’ बिछ्याउने काम अगाडि बढाएको हो ।

    धादिङको गल्छी, धनकुटाको हिले र सिन्धुलीको खुर्कोटबाट एकैसाथ फाइबर बिछ्याउने कार्य शुरु गरिएको छ । मध्यपहाडी लोकमार्गअन्तर्गत पाँचथरको चिवाभञ्ज्याङ्देखि गोरखाको आरुघाटसम्म फाइबर बिछ्याउने कार्यक्रम रहेको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । यसरी बिछ्याइने फाइबर मध्यपहाडी लोकमार्गलाई आधार मानेर तीनवटै प्रदेशका ३५ जिल्ला सदरमुकामसम्म उक्त फाइबर पुग्नेछ । शुरुआती विन्दु पाँचथरदेखि अन्तिम विन्दु बैतडीसम्म सूचना महामार्गको विस्तारले डिजिटल नेपाल बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ ।

    उक्त सूचना महामार्गको आज धादिङको गल्छी गाउँपालिका–४ मासटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नुभयो । सरकारले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई सार्थक तुल्याउने उपयुक्त माध्यम पनि सूचना र प्रविधि नै हो । विश्वलाई एउटा कुनामा सीमित पारिदिन आधुनिक सूचना प्रविधिको उच्चतम प्रयोगबाटै समृद्धिको यात्रालाई सार्थक बनाउने अपेक्षा गर्न सकिन्छ ।

    सरकारले देशैभर उच्च गतिको ब्रोडब्याण्ड इन्टरनेटको पहुँच पु¥याउँदै डिजिटल नेपालको आधार तयार गर्ने लक्ष्यका साथ हरेक जिल्लासम्म अप्किटल बिछ्याउने परियोजना अघि सारेको थियो । सरकारको डिजिटल नेपाल बनाउने योजना साकार पर्न महत्वपूर्ण मानिएको यसको औपचारिक शुरुआत भएको छ ।

    सरकारको उक्त परियोजनाअनुसार नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषअन्तर्गत करीब रु नौ अर्ब लगानीमा अप्टिकल फाइबर बिछ्याउने योजना बनाएको थियो । सोही योजनाअनुसार प्रदेश १ र ३ मा फाइबर बिछ्याउन प्राधिकरणले टेलिकमलाई रु चार अर्ब ८८ करोड जिम्मा दिएको थियो । यस विषयमा विसं २०७३ असोज १२ गते प्राधिकरण र टेलिकमबीच सम्झौता भएको थियो ।

    उक्त सम्झौताअनुसार उपकरण उपलब्ध गराउने विषय टुङ्गो लागेपछि दुई वर्षभित्र फाइबर बिछ्याउनुपर्ने प्रावधान छ । बाँकी गण्डकी प्रदेश र प्रदेश ५ मा युटिएल तथा कर्णाली र सुदूरपश्चिममा स्मार्ट टेलिकमले फाइबर बिछ्याउने जिम्मा पाएका छन् ।

    त्यस्तै अप्टिकल नेटवर्क विस्तारका लागि आवश्यक डिडब्लुडिएम उपकरण र राउटरका लागि पनि टेलिकमले सम्झौता सम्पन्न भएको जनाएको छ । प्रदेश नं २ अन्तर्गतका सबै जिल्लामा भने १८ महीनामै काम पूरा गर्ने प्रतिबद्धता कम्पनीको छ ।

    टेलिकम आफैले कतिपय ठाउँमा नेटवर्क विस्तार गरिसकेकाले मुख्य शहरमा नौ महीनाभित्रै उच्च गतिको ब्याण्डविथ उपलब्ध गराउन सकिने अवस्था छ । अप्टिकल फाइबरमार्फत उच्च गतिको ब्याण्डविथ प्रवाह गर्न सकिन्छ । तामा (कपर)को तारमा भन्दा धेरै उच्च गतिमा इन्टरनेट प्रवाह गर्न सकिने भएकाले अहिले विश्वभर अप्टिकल तार प्रयोग गर्ने प्रचलन छ ।

    सरकारी सेवाहरू डिजिटल माध्यमबाट उपलब्ध गराउँदै सेवामा पारदर्शिता ल्याउने उद्देश्य पूरा गर्न यो एउटा बलियो आधार हुनेछ । त्यस्तै ई हेल्थ, ई लर्निङ जस्ता सुविधामा आम जनताको पहुँच पु¥याउन पनि यो सहयोगी हुनेछ । सञ्चार मन्त्रालयको तत्काल सुधार कार्ययोजना–२०७२ मा ग्रामीण दूर सञ्चार विकास कोषमार्फत अप्टिकल फाइबरको सञ्जाललाई देशव्यापी विस्तार गरी ग्रामीण तथा दुर्गम क्षेत्रमा ब्रोड ब्याण्ड सेवा पु¥याउन पूर्वाधारको विकास गर्ने लक्ष्य लिइएको थियो ।

    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव वीरेन्द्रप्रसाद मिश्रले डिजिटन नेपाल फ्रेमवर्कको पहिलो खुड्किलो भएको उल्लेख गर्नुभयो । सरकारले अघि सारेको डिजिटल नेपालको अवधारणालाई सार्थक बनाउन कनेक्टिभिटी चाहिन्छ । त्यो पनि चाँडो फाष्ट त्यसका लागि अप्टिक फाइबर प्रविधि उपयुक्त हुन्छ । यो प्रविधिले गाउँगाउँसम्म सूचना सञ्जाल विस्तार गर्न मद्दत पुग्छ ।

    दूरदराजका जनताले सहजै केवल टिभी नेट सञ्चालन गर्न सक्छन् । यो सूचना महामार्गको रुप हो जसलाई पूर्व, पश्चिम, उत्तर र दक्षिण शहरदेखि दुर्गम गाउँसम्म विस्तार गरिनेछ । यसले चौथो पुस्ताको मोबाइल सेवा पनि सुविधा पुग्नेछ । डिजिटल नेपालको आठ आधारमध्ये पहिलो डिजिटल फाउण्डेशनमा अप्टिकल फाइबर महत्वपूर्ण पाटो बन्ने सहसचिव मिश्रको भनाइ छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रेडपाण्डा संरक्षण गर्न चेतनामूलक कार्यक्रम
    बबईमा पुल नहुँदा सर्वसाधारणलाई सास्ती
    काठमाडौँमा वायु प्रदूषण बढ्यो: एक्युआई
    • पन्ध्र शय्याको ‘व्यास नगर अस्पताल’ भवन निर्माण
    • बिक्री हुन थाल्यो तम्घासमा फोहोर
    • प्राथमिक उपचार तालिम: विपद् व्यवस्थापनमा सहयोग
    • मिठाई बेचेर खुसी कमाएका हरिबहादुर

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.