सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेकपाको सचिवालय बैठक धुम्बाराहीमा नबस्ने


  •    न्युजभित्तो/१६ मंसिर २०७७, मंगलवार १२:०७ 
  • १६ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा को सचिवालय बैठक धुम्बाराहीमा नबस्ने भएको छ । पार्टी महासचिव विष्णुप्रसाद पौडेलले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै बैठक बस्ने सूचना सचिवालयका नेताहरुलाई पठाएका छन् ।

    महासचिव पौडेलले सुरक्षाका कारण धुम्बाराहीमा बैठक राख्न नसकिने जानकारी दिएको उच्च स्रोतले जनाएको छ । गएको मंसिर १३ को सचिवालय बैठकले पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक बस्ने तय गरेको थियो ।

    त्यस दिनको बैठक पछि पत्रकारहरुसँग प्रवक्ता नारायणकाजी श्रेष्ठले अर्को बैठक धुम्बाराहीमै बस्ने बताएका थिए । तर, आज विहान महासचिव पौडेलले बैठक बालुवाटारमै बस्ने सूचना पठाएका छन् । महासचिव पौडेलले सुरक्षाको कारण धुम्बाराहीमा बस्न नसकिने भनेपछि नेताहरु बालुुवाटारमै जाने भएका छन् ।

    आजको बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको डकुमेन्टमाथि छलफल गर्ने तयारी छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रधानमन्त्रीको भारत भ्रमणः द्विपक्षीय हित र सम्बन्ध विस्तारमा केन्द्रित हुन पूर्वपरराष्ट्रमन्त्रीहरूको सुझाव
    आविष्कार केन्द्रको अवलोकन गर्दै मन्त्री तामाङले भने– आविष्कारको युगमा प्रदेश सरकारले सहयोग गर्छ
    दसैँ–तिहारपछि भरतपुर अस्पतालमा बिरामीको चाप
    • टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित
    • दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा
    • धार्मिक पर्यटन प्रवर्द्धन र सनातन धर्मलाई युवापुस्तासँग जोड्नुपर्नेमा मन्त्री तामाङको जोड
    • चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.