सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बाँके र रौतहटमा भएको झडपमा दुईको मृत्यु, नौ घाइते


  •    न्युजभित्तो/१६ मंसिर २०७७, मंगलवार १०:२७ 
  • बाँकेको जानकी गाउँपालिका वडा नं. ५ मा दुई समुहका बीचमा झडप हुँदा एक जनाको मृत्यु भएको छ । घटनामा ९ जना घाइते भएका छन्।

    हिजो साँझ बनियाँ गाउँमा यादव र गुप्ता समूहका बीचमा पुरानो रिसिबीलाई लिएर भएको झडपमा परी स्थानीय ५४ वर्षीय धनिराम यादवको मृत्यु भएको छ ।

    यादवको बेलुका ८ बजेतिर नेपालगञ्ज नरसिंह कलेजमा मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी सुवास खड्काले जानकारी दिनुभयो ।

    मृतक यादवको टाउकोमा चोट लागेको थियो । पूर्णिमाको अवसरमा हिजो बेलुका गुरुवा गाउँ मेला लागेको थियो । सोही मेलामा पुगेका बाबुलाल यादवको समूहले पुरानो रिसीबी कारण दुई समुहबीच कुटाकुट भएको प्रहरीले जनाएको छ ।

    घटनामा घाइते भएका ९ जनाको बाँकेमा उपचार भइरहेको छ । घटनामा संलग्न दुवै ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    यता चक्कु प्रहारबाट गम्भीर घाइते भएका रौतहटको वृन्दावन नगरपालिका–३ का १८ वर्षीय नन्दकिशोर रामको उपचारको क्रममा मृत्यु भएको छ ।

    उनका छिमेकी १९ वर्षिय रवि रामले उनलाई चक्कु प्रहार गरेको प्रहरीले जानकारी दिएको छ । सामान्य विवादमा उनीमाथि चक्कु प्रहार भएको प्रहरीले जनाएको छ ।

    प्रहरीले चक्कु प्रहार गर्ने रविलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको प्रहरीको भनाइ छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाँकेमा १५६ विभिन्न वन्यजन्तुको उद्धार
    नेप्से परिसूचक २६ अङ्कले घट्यो
    गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका सबै ठूला घर भत्काइयो
    • सीमा निर्धारणमा भएको ढिलाइले बेनीमा सडक आयोजना प्रभावित
    • नदीमा माछा पाइन छाडेपछि पुर्ख्यौली पेसा सङ्कटमा
    • नेपालगन्ज विमानस्थलमा आजदेखि निःशुल्क ट्रलीबस सेवा सुरु
    • व्यवसायी गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन आदेश

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.