सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आरोप प्रत्यारोप लगाएसँगै नेकपाको आगामी रणनीतिबारे अन्योल, नेकपा सचिवालय बैठक बस्दै


  •    न्युजभित्तो/१६ मंसिर २०७७, मंगलवार १०:२१ 
  • काठमाडौं । नेकपाको सचिवालयको बैठक आज बस्दै छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पत्रमार्फत वाकयुद्धमा गएसँगै अन्योल कायम रहेका बेला सचिवालय बैठक आज पुनः बस्न लागको हो ।

    कात्तिक २८ गतेको सचिवालय बैठकमा अध्यक्ष दाहालले छुट्टै प्रस्ताव बैठकमा पेश गरेसँगै नेकपामा तरंग पैदा भएको थियो ।

    दाहालको प्रस्तावमा प्रधानमन्त्री एवम् अर्का अध्यक्ष ओलीले एकलौटी ढंगबाट सरकार र पार्टी चलाउन खोजेको र विगतमा आफूसँग भएका सहमतिविपरीत अघि बढेकोलगायतका आरोप लगााउनुभएको थियो ।

    त्यसपछि प्रधानमन्त्री ओलीले यही मंसिर १३ गतेको बैठकमा दाहालको प्रश्नको जवाफसहित अर्को प्रस्ताव पेश गर्नुभएको थियो ।

    ओलीको प्रस्तावमा गत निर्वाचनको मत परीणाम र जनअपेक्षा र पार्टी एकीकरणको अंकगणित विपरीत दाहाल बढी महत्वाकांक्षी भएकोलगायतका आरोप लगााउनुभएको छ ।

    दुवै अध्यक्षले एकअर्कालाई आरोप प्रत्यारोप लगाएसँगै नेकपाको आगामी रणनीतिबारे अन्योलता बढेको छ ।

    आजको बैठकमा दुवै प्रतिवेदनमाथिको छलफलसँगै नेकपा निर्णायक मोडमा पुग्ने बताइएको छ ।

    दुवै अध्यक्षका आरोप प्रत्यारोप लिखित रुपमै सचिवालय बैठकमा पेश भएसँगै समस्या समाधानका लागि दोस्रो तहका नेताहरु सक्रिय भएका छन् ।

    दाहालले प्रस्ताव पेश गरेसँगै तथ्यहीन आरोप लगाइएको भन्दै प्रधानमन्त्री ओलीले त्यसलाई खारेज गर्न दवाव दिँदै दाहालसँग विभिन्न नेताहरुमार्फत दवाव दिनुभएको थियो ।

    तर दाहालले सो प्रस्ताव छलफल हुनैपर्ने भएकाले फिर्ता नहुने अडान लिएपछि प्रधानमन्त्री ओलीले जवाफी प्रस्ताव ल्याउनुभएको हो ।

    तर आज बस्ने बैठकले विवाद समाधनका लागि दुवै अध्यक्षको प्रस्ताव खारेज गरेर गत भदौ २६ गतेको निर्णअनुसार नै अघि बढ्न दवाव दिएको अध्यक्षद्वयका निकट नेताहरुले बताएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ
    इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेतमाथि तामाङद्वारा कार्यकक्षमै कुटपिट, दोषीलाई कडा कारवाहीको माग
    बाँकेमा रोपाइँ गर्न आकाशे पानीकोभर
    • अन्तर्वार्ता: सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ: परराष्ट्रमन्त्री खनाल
    • पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार
    • हुम्लामा सहुलियतको चामल बिक्री सुरु
    • आलेख: आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.