काँग्रेस बलियो नभए मुलुक आक्रान्त बन्छ : काँग्रेस नेता चौधरी
/६ जेष्ठ २०७६, सोमबार २०:१४
चितवन । नेपाली काँग्रेस चितवनले सुरु गरेको जागरण अभियानलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा आज जिल्लाका साँसद, पूर्व पार्टी सभापतिहरु, पूर्व साँसद, पार्टीका पदाधिकारी एवम् अग्रज नेताहरुसँग छलफल गरिएको छ ।
छलफलका क्रममा जागरण अभियानका केन्द्रिय प्रतिनिधि सुरेन्द्र प्रसाद चौधरीले काँग्रेस बलियो नभए मुलुक आक्रान्त बन्ने वताउनुभयो । काँग्रेस चितवनको पार्टी कार्यालयमा आयोजित छलफल कार्यक्रममा उहाँले भन्नुभयो– ‘कम्युनिष्ट ज्यादतिको विरुद्धमा लड्नका लागि पार्टीभित्रको अन्तर संघर्षको अन्त्य गर्नुपर्छ ।’
अहिलेको संक्रमणकालिन अवस्थामा प्रजातन्त्रप्रेमी शक्तिहरु एक भएर लाग्नुको विकल्प नभएको बताउँदै नेता चौधरीले जनता आत्तिन लागेका बताउनुभयो । ‘जनताको आत्मबल बलियो बनाउँदै शाही शैलीमा हिँडेको सरकारको गलत कामको पर्दा उठाउनु आजको आवश्यकता हो’ चौधरीले भन्नुभयो ।
छलफलमा जिल्ला नेताहरुले अब जनताको घर आँगनमा पुग्नुपर्ने धारणा राखेका थिए । काँग्रेस कमजोर हुँदा लोकतन्त्र कमजोर हुने भन्दै उनीहरुले लोकतन्त्रको रक्षा गर्ने जिम्मेवारी काँग्रेसको भएको बताएका थिए ।
नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाली काँग्रेस चितवनका निवर्तमान सभापति टेक प्रसाद गुरुङ् तथा पूर्व सभापतिहरु रामकृष्ण घिमिरे, शेषनाथ अधिकारीलगाएतले आफ्ना धारणा राख्नुभएको थियो ।
नेपाली काँग्रेस चितवनको आजै सम्पन्न बैठकले जागरण अभियानका लागि पहिलो चरणका कार्यक्रमहरु सार्वजनिक गरेको छ । पहिलो चरणका कार्यक्रमहरु जेठ ११ गतेसम्म सञ्चालन हुनेछन् । काँग्रेस चितवनका सचिव उत्तम जोशीका अनुसार पहिलो चरणका कार्यक्रमहरुमा ७ गते महासमिति सदस्य, महाधिवेशन प्रतिनिधिहरुसँग छलफल तथा अन्तरक्रिया र साविक क्षेत्र नम्बर ४ को क्षेत्रीय स्तरको भेला कार्यक्रम रहेको छ ।
यस्तै जेठ ८ गते क्षेत्र नम्बर २ मा क्षेत्रीय भेला, भातृ संस्था एवम् शुभेच्छुक संस्थाहरु तथा स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुसँग अन्तक्र्रिया कार्यक्रम, ९ गते क्षेत्र नम्बर ३ र ५ मा क्षेत्रीय भेला, १० गते क्षेत्र नम्बर १ मा क्षेत्रीय भेला, उद्योगी व्यवसायीहरुसँग छलफल तथा भेटघाट कार्यक्रम रहेको छ । यसैगरी ११ गते सहिद परिवार, प्रजातन्त्रका सेनानी, लोकतान्त्रिक आन्दोलनका घाईते तथा बाँदरमुढे घटनाका घाईतेहरुलाई भेटघाट कार्यक्रम तय भएको जोशीले जानकारी दिनुभयो ।
बैठकमा कार्यक्रमहरुलाई कसरी प्रभावकारी रुपमा अघि बढाउने, तल्लो तहसम्म कसरी जान सकिन्छ र भातृ तथा शुभेच्छुकहरुलाई कसरी परिचालन गर्न सकिन्छ भन्ने विषयमा समेत छलफल भएको सभापति जीतनारायण श्रेष्ठले जानकारी दिनुभयो ।
जागरण अभियान जेठ २५ गतेसम्म सञ्चालन हुने र पहिलो चरणका कार्यक्रमहरुको प्रभावकारिता हेरेर दोस्रो चरणका कार्यक्रम तय गरिने काँग्रेस चितवनले जनाएको छ । जागरण अभियानका क्रममा सरकारले गरेका हरेक गलत कामको भण्डाफोर गर्दै कार्यकर्ताहरुलाई एकीकृत गर्ने काँग्रेस चितवनका सचिव उत्तम जोशीले जानकारी दिनुभयो । हिमाल पहाड तराई जागरण अभियानको रुपमा काँग्रेसले जागरण अभियान अन्तर्गत पहिलो चरणमा यो कार्यक्रम आयोजना गरेको हो ।