सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

निकुञ्जमा जन्मिईन् रोनाल्डोकी छोरी


  •    न्युजभित्तो/१५ मंसिर २०७७, सोमबार १८:५२ 
  • चितवन । चितवन राष्ट्रिय निकुञ्जमा रोनाल्डो नामक जंगली हात्तीको सम्सर्गबाट एउटा पोथी छावाको जन्म भएको छ । निकुञ्जको हात्ती प्रजनन् केन्द्र तथा तालिम केन्द्र खोरसोरमा रहेको ३१ वर्षिय गणेशकलीले पोथी छावालाई आज सोमबार जन्म दिएको हो ।

    निकुञ्जका सूचनाअधिकारी लोकेन्द्र अधिकारीका अनुसार नवजात छावा र सुत्केरी आमा दुवैको स्वास्थ्य अवस्था राम्रो रहेको छ । सो हात्ती २० महिना अघि रोनाल्डो नामक जंगली हात्तीबाट गर्भवती भएको थियो । सामान्यतया हात्तीले गर्भधारण गरेको १८ देखि २२ महिनामा बच्चा जन्माउँछन् । नवजात छावाको हिन्दू परम्परा अनुसार नामाकरण गरिन्छ भने तालिम दिएर कार्यक्षेत्रमा पठाउने गरिन्छ ।

    योसँगै निकुञ्जमा हात्तीको संख्या ५९ पुगेको छ । ती मध्ये ५३ वटा चितवन राष्ट्रिय निकुञ्जका हुन् भने ६ वटा कोशि टप्पबाट काजमा ल्याईएका हुन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.