सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुर अस्पतालको आकस्मिक र सरुवा रोग सेवा भवनको शिलन्यास


  •    न्युजभित्तो/१५ मंसिर २०७७, सोमबार १८:१९ 
  • भरतपुर, १५ मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले आज सोमबार भरतपुर अस्पतालको आकस्मिक सेवा भवन र सरुवा रोग सेवा भवनको शिलन्यास गर्नुभएको छ । नेपाल सरकारको निर्माण गर्ने भवनको शिलन्यास गरिएको हो ।

    शिलन्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ढकालले चिकित्सक स्वास्थ्यकर्मीहरु सरकारीमा भन्दा बाहिर बढी व्यस्त भएको देखिएको बताउनुभयो । उहाँले चिकित्सकहरु बाहिर व्यस्त हुँदा सरकारी अस्पतालको सेवा सोचे जस्तो राम्रो हुन नसकेको बताउनुभयो ।

    मन्त्री ढकालले भन्नुभयो “उहाँहरुलाई दैनिकी चलाउन कठिन भएको होला । यसलाई व्यवस्थापन गर्न पाईलट प्रोजेक्टको रुपमा एक चिकित्सक एक स्वास्थ्य संस्था कार्यक्रम ल्याउन लागिएको छ ।”

    मन्त्री ढकालले कोरोना भाईरस (कोभिड १९) विरुद्धको खोप ७२ प्रतिशत जनालाई उपलब्ध गराउने जानकारी दिंदै भन्नुभयो “१४ वर्ष मुनिका बालबालिकाका लागि खोप परीक्षण नै नगरिएकाले लगाउन मिल्दैन ।”

    उहाँले खोप कति अनुदानमा र कति सरकारले खरिद गरेर ल्याउने भन्ने विषयमा सरकारीले निर्णय गर्ने बताउनुभयो । उहाँले भन्नुभयो “खोप विश्व स्वास्थ्य संगठनले प्रमाणित गरे लगत्तै नेपालमा पनि उपलब्ध हुन्छ ।”

    कोरोना उपचार र नियन्त्रणका लागि सरकारले गरेको काम उल्लेखनीय रहेको बताउँदै मन्त्री ढकालले भन्नुभयो “आर्थिक रुपमा विकसित देशहरु समेत यसको उपचार र रोकथामका घुँडा टेकेका छन् । तर हामीले गरेको सेवा गर्भ गर्न लायक छ ।”

    कोरोनाबाट बच्नका लागि सामाजिक दूरी नै महत्वपूर्ण रहेको बताउँदै उहाँले भन्नुभयो “कुनै जात, धर्म, लिंग, आस्थाका आधारमा यो रोग लाग्ने होइन, साझा मोर्चाबाट काम गरेर रोगलाई नियन्त्रण गर्नुपर्छ ।” सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गर्न उहाँले आग्रह गर्नुभयो ।

    ६ प्रतिशत जनताको कोरोना परीक्षण गरिसकिएको जानकारी दिंदै मन्त्री ढकालले दैनिक ३० हजारको परीक्षण गर्ने सक्ने क्षमता नेपालमा रहेको बताउनुभयो ।

    सरकार प्रदेशमा ५० शैयाको र केन्द्रमा ३०० शैयाको ल्याब सहितको सरुवा रोग उपचारका लागि अस्पताल बनाउने अभियानमा लागेको बताउँदै मन्त्री ढकालले भन्नुभयो “पहिले भएका अंचल अस्पताललाई दुई सय शैयाको पु¥याईन्छ, सबै जिल्लामा ५० शैयाको अस्पताल बन्छ ।” उहाँले कुनै पनि पालिका अस्पतालबिहिन नहुने गरी काम भईरहेको बताउनुभयो ।

    मन्त्री ढकालले चिकित्सक स्वास्थ्यकर्मीहरुलाई सरकारीमा भन्दा बाहिर बढी व्यस्त भएको देखिएको बतताउँदै भन्नुभयो “एक चिकित्सक एक स्वास्थ्य संस्था कार्यक्रमलाई पाईलट प्रोजेक्टको रुपमा ल्याउन लागिएको छ ।”

    कार्यक्रममा प्रतिनिधि सभा सदस्य कृष्णभक्त पोखरेल, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, मन्त्रालयका नीति योजनना तथा अनुगमन महाशाखा प्रमुख डा.गुणराज लोहनी, अस्पताल विकास समितिका अध्यक्ष डा.भोजराज अधिकारी, अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा.जगन्नाथ तिवारी, पूर्व मेडिकल सुपरिटेण्डेण्ट प्रा.डा.कृष्ण पौडेल, अस्पतालका निमित्त मेट्रोन (नर्सिङ प्रमुख) शान्ता भण्डारीलगायतले बोल्नु भएको थियो ।

    सो अवसरमा ५० शैयाको दुई तले सरुवा रोग अस्पताल भवन र ५० शैयाको आकस्मिक कक्ष भवन बन्ने जानकारी दिईयो । सरुवा रोग भवन निर्माण गर्न रु.८ करोड बजेट सरकारले विनियोजन गरिसकेको छ । क्रमागत योजना अन्तर्गत दुई वर्षमा सम्पन्न हुने छ ।

    आकस्मिक कक्ष भवन एक वर्षमा सम्पन्न गर्ने योजना रहेको छ । रु.११ करोड लागतमा निर्माण सम्पन्न हुने अनुमान गरिएको भवनको लागि सरकारले रु.९ करोड बजेट विनियोजन गरिसकेको छ । मन्त्री ढकालले आजै अस्पतालको विस्तारित एचडियु सेवाको पनि शुभारम्भ गर्नुभएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाँकेमा १५६ विभिन्न वन्यजन्तुको उद्धार
    नेप्से परिसूचक २६ अङ्कले घट्यो
    गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका सबै ठूला घर भत्काइयो
    • सीमा निर्धारणमा भएको ढिलाइले बेनीमा सडक आयोजना प्रभावित
    • नदीमा माछा पाइन छाडेपछि पुर्ख्यौली पेसा सङ्कटमा
    • नेपालगन्ज विमानस्थलमा आजदेखि निःशुल्क ट्रलीबस सेवा सुरु
    • व्यवसायी गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन आदेश

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.