सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रचण्ड पक्षले थाल्यो सबै चिठीपत्र स्थायी कमिटीमा लैजान


  •    न्युजभित्तो/१५ मंसिर २०७७, सोमबार १६:२७ 
  • १५ मंसिर, काठमाडौं । पत्रयुद्ध गरेर एकअर्कामाथि आरोप लगाइरहेका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा का नेताहरु सचिवालय बैठकको पूर्वसन्ध्यामा भित्रभित्रै आ–आफ्नो गुटको रणनीति तयार पार्न व्यस्त देखिएका छन् ।

    नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षले सचिवालय बैठकमा पेस भएका सबै डकुमेन्टहरु स्थायी कमिटीमा लैजाने तयारी गरेको छ । प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली पक्ष भने प्रचण्डको प्रस्ताव फिर्ता वा संशोधन गराएर सचिवालयबाटै साझा प्रस्ताव बनाउने रणनीतिमा जुटेको छ ।

    बैठकको माग गरिएको पाँच नेताको पत्रको जवाफमा कात्तिक २५ गते प्रधानमन्त्री ओलीले प्रचण्डलाई पत्र लेखेपछि नेकपाभित्र पत्रयुद्ध सुरु भएको हो । कात्तिक २८ मा प्रचण्डले सचिवालय बैठकमा ओलीलाई जवाफी पत्र लेख्नुका साथै १९ पृष्ठको प्रस्ताव पेस गरे । त्यसको जवाफमा शनिबारको सचिवालय बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले ३८ पृष्ठको काउण्टर प्रस्ताव पेस गरे ।

    अब यी सबै डकुमेन्टहरुलाई स्थायी कमिटीमा लैजाने प्रचण्ड– माधव नेपाल पक्षको तयारी छ । प्रचण्डसहित सचिवालयका पाँच नेता प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ० ले बैठक माग गर्दै ओलीलाई बुझाएको पत्र, त्यस पत्रमा ओलीको जवाफी पत्र अनि फेरि प्रचण्डले लेखेको प्रतिउत्तर पत्रसमेत स्थायी कमिटी बैठकका छलफलका लागि लैजाने प्रचण्ड पक्षका नेताहरुको तयारी छ ।

    तर, ओली पक्षले भने सचिवालयमा सहमति जुटाएर दुवै अध्यक्षको साझा प्रस्ताव स्थायी कमिटीमा लैजानुपर्ने तर्क गरिरहेको छ । यदि, स्थायी कमिटीमा साझा प्रस्ताव लैजान नसकिए पनि प्रचण्डको प्रस्ताव फिर्ता वा संशोधन गर्नुपर्ने अडान ओली समूहको छ ।

    प्रचण्डले पेस गरेको डकुमेन्टको जवाफ नै नदिने र बैठकमा छलफलको विषय समेत नहुने अडानबाट पछि हट्दै ओलीले मंसिर १३ को सचिवालय बैठकमा काउण्टर प्रस्ताव पेस गरेका छन् । प्रचण्डले पार्टी एकीकरण यता भएका ओलीको कमजोरी औंल्याएका थिए । ओलीले भने अझै परसम्म गएर शान्ति प्रक्रियायताकै प्रचण्डका कमजोरीसहित ३८ पृष्ठ लामो डकुमेन्ट पेस गरेका छन् ।

    एकअर्कालाई लगाइएका आरोप र गरिएका तर्कहरु सचिवालयले मिलाउन नसक्ने भन्दै स्थायी कमिटीमै लैजानुपर्ने निष्कर्ष प्रचण्ड पक्षले निकालेको छ । प्रचण्ड पक्षका एक स्थायी कमिटी सदस्य सबै डकुमेन्ट स्थायी कमिटी बैठकमा प्रस्तावकै रुपमा लैजाने तयारी भएको बताउँछन् । उनका अनुसार, भोलि ९मंसिर १६० को सचिवालय बैठकले सबै डकुमेन्ट छलफलका लागि स्थायी कमिटीमा लैजाने निर्णय गर्नेछ ।

    मंसिर १८ मा स्थायी कमिटी बैठक बोलाइएकाले पनि साझा प्रस्ताव लैजाने सम्भावना नरहेको प्रचण्डतर्फका नेताहरु बताउँछन् । ‘सचिवालयमा नेताहरु प्रष्ट विभाजित छन्, फेरि मंसिर १८ मै स्थायी कमिटी बैठक बोलाइएको छ । त्यसैले तत्कालै सचिवालयमा साझा प्रस्ताव आउने सम्भावना छैन’, स्थायी कमिटी सदस्य हरिबोल गजुरेल भन्छन् ।

    प्रस्तावकै बारेमा शनिबारको सचिवालय बैठकपछि प्रचण्डले आफ्ना पक्षका नेताहरुसँग कुराकानी गरेका छन् ।

    सबै डकुमेन्ट स्थायी कमिटी बैठकको छलफल विषय बनाइने तयारी भए पनि ओलीले लगाएको आरोपबारे प्रचण्डले भोलि बस्ने सचिवालय बैठकमा कुरा उठाउने भएका छन् । ‘पार्टी एकता भन्दा अगाडि पुगेर आरोपहरु लगाइएको छ । यसले एकता प्रक्रियाको औचित्यमै प्रश्न उठेकाले पनि प्रचण्ड कमरेडले आफ्नो कुरा राख्नुहुन्छ’, स्थायी कमिटी सदस्य मातृका यादव भन्छन् ।

    तर, आफू माथि आरोप लगाइएको डकुमेन्ट फिर्ता हुने वा भाषा संशोधन गरिनुपर्ने ओलीको मागको भने सुनुवाइ नगर्नेमा प्रचण्ड पक्षमा अडिग देखिन्छ । यदि, यस्तो भए पार्टी विग्रहतर्फ जाने भएकाले पनि सचिवालयमै सहमति जुटाउनुपर्ने ओली पक्षको तर्क छ । ओली निकट नेता महेश बस्नेत साझा प्रस्ताव आउने सम्भावना अझै पनि देख्छन् । ‘केपी ओली, प्रचण्ड र माधव कमरेडहरुसँग हामीले कुराकानी गरिरहेका छौं । सहमतिको डकुमेन्ट ल्याउने प्रयास भइरहेको छ’, उनी भन्छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाँकेमा १५६ विभिन्न वन्यजन्तुको उद्धार
    नेप्से परिसूचक २६ अङ्कले घट्यो
    गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका सबै ठूला घर भत्काइयो
    • सीमा निर्धारणमा भएको ढिलाइले बेनीमा सडक आयोजना प्रभावित
    • नदीमा माछा पाइन छाडेपछि पुर्ख्यौली पेसा सङ्कटमा
    • नेपालगन्ज विमानस्थलमा आजदेखि निःशुल्क ट्रलीबस सेवा सुरु
    • व्यवसायी गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन आदेश

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.