सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सन् २०२२ मा नेपालमा पर्यटकको आँधिबेहेरी आउँने पर्यटन मन्त्री:भट्टराई


  •    न्युजभित्तो/१५ मंसिर २०७७, सोमबार १३:०३ 
  • चितवन। संस्कृती, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले सन २०२२ मा नेपालमा पर्यटकको आँधिबेहेरी आउने वताउनु भएको छ । रत्ननगर नगरपालिका वडा नम्बर ५ जनकौलीमा निर्माण हुन लागेको केटिएम हस्पिटालिटीको द फरेष्ट फ्रन्ट नामक होटलको आज शिलन्यास गर्नु हुँदै बिगतका वर्षहरुको भन्दा वढि पर्यटक एक वर्ष पछि नेपालमा आउने बताउनुभयो ।

    मन्त्री भट्टराईले लामो समय घरमा रहनु परेकाले कोरोना सङ्क्रमण अन्त्य संगै बिदेशी पर्यटक वढ्ने वताउनुभयो । उहाँले भन्नुभयो “सन २०२० को अन्त्यमा आउँदा पर्यटन क्षेत्र व्यूतिएको छ । सन २०२१ को मध्येमा उठ्छ र अन्त्यमा दौडन्छ ।” उहाँले सन २०२१ संगै स्वदेशी पर्यटक निकै वढ्ने बताउनुभयो । उहाँले भन्नुभयो “यो क्षेत्र अगाडि आउँछ । विशेष गरी २०२१ मा आन्तरिक पर्यटनमा जोड गर्ने छौं ।” नेपालीहरुमा मध्यम र माथिल्लो वर्गको महत्वपूर्ण हिस्सा परिवार सहित घुम्न जाने प्रचलन स्थापित भएको उहाँको भनाई थियो । नेपाली पर्यटकको संख्या हामीले सोचेभन्दा धेरै भएकोमा उहाँको जोड थियो ।

    कोरोना सङ्क्रमण घटे संगै घुम्न नपाएर बसेका नेपालीहरुले स्वदेशी गन्तव्यमा भ्रमण गर्ने बताउनुभयो । अहिलेनै महत्वपूर्ण पर्यटकीय गन्तव्यहरुमा पर्यटक स्वदेशी पर्यटक आउन थालेको उहाँको भनाई छ ।
    तत्कालै अन्तर्राष्ट्रिय क्षेत्रबाट ठूलो अपेक्षा नभएको भन्दै उहाँले भन्नुभयो “पर्यटकीय गन्तव्यहरु, होटलहरु लगाएतमा स्वास्थ्य मापदण्डमा कडाई गरिएको छ ।”

    भौगोलीक र साँस्कृतिक बिबिधता संगै शान्तिपूण यस्तो देश विश्वमा कहि नभएको भन्दै उहाँले पर्यटन क्षेत्रमा दक्ष जनशक्ति उत्पादनका लागि सरकारले प्रकृया अघि वढाएको उहाँले जानकारी दिनुभयो । पर्यटकले यहाँको अर्थतन्त्र चलायमान हुने र विश्वलाई चिनाउने मन्त्री भट्टराईको भनाई थियो ।

    कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले कोरोना सङ्क्रमणका कारण श्रमवजार तहसनहस भएको बताउनु भयो । उहाँले भन्नुभयो “बिदेशमा गएकाहरुले पनि रोजगारी गुमाएर फर्कनु पर्ने अबस्था आएको छ ।” श्रम वजारमा भएको समस्या अन्त्य गर्नका लागि नेपालमानै सम्भावनाको खोजी गर्नु आबश्यक रहेको मन्त्री यादवको भनाई थियो । विदेशबाट रोजगार गुमाएर फर्किएकाहरुलाई उत्पादन मुलक क्षेत्रमा लगाउन सरकारले कार्यक्रम ल्याउने तयारी गरिरहेको उहाँले जानकारी दिनुभयो ।

    संस्कृतीलाई माटो संग जोडेर पर्यटनको बिकास गर्न सके स्वदेशमानै रोजगारी सृजना हुने उहाँले बताउनुभयो । रोजगारीको खोजिमा विदेशीएका युवाहरुले नेपामानै पसिना वगाउन सके बिदेश पलायन हुनबाट बचाउन सकीने भन्दै उहाँले भन्नुभयो “वार्षिक ६ सय भन्दा वढि नेपालीको शव नेपाल आउने अबस्थाको अन्त्य गर्न स्वदेशमानै रोजगारी सृजना गर्नु आबश्यक छ ।”

    सो अवसरमा रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन, एन आर एनका संस्थापक अध्यक्ष डा. उपेन्द्र महत्व र क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष दिपक भट्टराईले बोल्नु भएको थियो । हस्पिटालिटीका प्रमुख रामेश्वर शाहले रु २५ करोडको लगानीमा सौराहामा वुटिक रिसोर्ट निर्माण गर्न सुरु गरिएको जानकारी दिनुभयो । उहाँ गैर आवासिय नेपाली महाँसंघका प्रतिनिधि हुनुहुन्छ । ३४ वटा कोठामा ६५ वटा वेडको सो रिसोर्ट सन २०२२ वाट संञ्चालनमा आउने छ । १२ कठ्ठा १० धुर क्षेत्रफलमा रिसोर्ट निर्माण गर्न लागिएको हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाँकेमा १५६ विभिन्न वन्यजन्तुको उद्धार
    नेप्से परिसूचक २६ अङ्कले घट्यो
    गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका सबै ठूला घर भत्काइयो
    • सीमा निर्धारणमा भएको ढिलाइले बेनीमा सडक आयोजना प्रभावित
    • नदीमा माछा पाइन छाडेपछि पुर्ख्यौली पेसा सङ्कटमा
    • नेपालगन्ज विमानस्थलमा आजदेखि निःशुल्क ट्रलीबस सेवा सुरु
    • व्यवसायी गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन आदेश

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.